सामाजिक अभियन्ता सुनिता दनुवारको निधन

शक्ति समुहका संस्थापक सदस्य एवं पूर्व अध्यक्ष तथा सुनिता फाउण्डेशनको संस्थापक अध्यक्ष श्री सुनिता दनुवारको मिति २०८१ पौष ८ गते सोमबार बिहान अल्पायुमा असमायिक निधन भएको छ । वहाँले मानव अधिकार तथा मानव बेचविखन विरुद्धको सवालमा प्रभावितहरुको हकहितको सघर्षको लडाईमा विशेष भूमिका खेल्नुभएको थियो । वहाँलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ता (नेता) को सूचीमा राखेको थियो । दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो ।

Scroll to Top