महिलाहरुको लागि स्व स्याहार सम्बन्धी कार्यशाला सम्पन्न

छोरी संस्थाले यहि पुष १० र ११ मा छोरीमा आवद्ध महिलाहरुको लागि स्वस्याहार सम्बन्धी तालीम सम्पन्न गरेको छ । तालिममा आफु खुशी हुन एकजना ब्यक्तिले दिनदिनै के कस्तो कृयाकलापहरु गर्नुपर्छ भन्न्े विषयमा छलफल, प्रश्तुति तथा अध्यासहरु गराइएको थियो । आभारपन को बारेमा ध्यान गर्नुको साथै यस बर्ष आफुलाई सहयोग गर्ने कम्तीमा ५ जना ब्यक्तिहरुलाई अभारीपत्र लेख्न लगाइर्एको थियो । यसरी आफ्ना साथि तथा परिवार र ंसंस्थामा आवद्ध ब्यक्तिहरुलाई आभार ब्यक्त गरीरहंदा सहभागिहरुको खुशीको लेभल बढेको पाईएको थियो । त्यसैगरी कसरी आफ्नो जिवनबाट नकारात्मक विचारहरुलाई हटाउने र सकारात्मक विचारहरु थप्ने जस्ता गतिविधीहरु पनि संचालन गरीएको थियो ।  कार्यक्रमको दोश्रो दिन हाईकिड. समेतको आयोजना गरीएको थियो ।

Scroll to Top