
मानव शरिरमा जन्मिए तर मलाई महिला बनाइयो,
मलाई त्यो पकाउन ल्याइएको साग झैं तयार गरियो,
सागबाट माटो र किरा पखाले जस्तै म बाट मानविय गुन पखालियो,
मलाई २ ३ पटक पखालियो, सफा बनाइयो र काटियो
मलाई सबै तरकारी जस्तै हालियो तातो खुर्सानी पड्काइएको तेलमा
म मा नुन, तेल, बेसार, अदुवा लसुन आदी जसरी महिलाको गुण हालियो
केहिबेर छोपेर पकाएपछि म एक मिठो तरकारीको रुपमा तयार भए पस्किनलाई
तर मलाई मानव बन्नु छ ।
यदि तरकारी नै बन्नपर्छ भने मलाई सबैको प्रिय साग होइन करेला बन्नु छ ।
जसरी करेला जति पखाले पनि तेस्को तितोपन हट्दैन त्यसरी मलाई नि अब जति जे हालेनी मेरो मानवीय गुण बचाउनु छ ।
धेरैलाई मन नपरे पनि मलाई मेरो अस्तित्व बचाउनु छ ।
फेरी अब मलाई मानव बन्नु छ ।


