आमाले सबै ठिक गर्नुहुन्छ भनि भनेथे
आजसम्म जे जे भन्यौ सबै कुरा मानेथे
तर आमा आज मलाई रजस्वला भयो ।
पेट र ढाड दुख्यो रगतको धारा खोला बगेझै बग्यो ।
तिमीले बुझ्छौं कि भनी यो मनको कुरा उतारे ओठमा
तर बुझ्न आहेनौं तिमीले र तिम्रा पुरानो सोचले झन धकेल्यौं मलाई त्यो अध्यारो, चिसो
छाउगोठमा ।
नहेर्नु भन्यौं बाबालाई नहेर्न पाए भाई
लुकीछिपी हेर्दा मैले सयौं गाली खाए ।
चिसो भयो गोठमा अनि ताप्न मनलाग्यो घाम
तर बाहिर बसी घाम ताप्दा तिमीले लियौं अलछीनीको नाम
१० दिन पछि निस्के म, सोच्छु कसरी ति दिनहरु कटाए
आमा थाहा छ तिमीलाई ? म त्याहा हर रात रुदाँरुदै निदाए
मलाइृ त राख्यौं आमा के कहिनी पनि बस्छे ?
सोच्नुस् त हामीलाई गाहौ भएका दिन, उसले के गर्छे ?
दिए हौलान तिम्रो दिदीले तिम्लाई छाउगोठमा बस्न
तर म दिने छैन तिमीलिाई तिम्रोलाई तिम्रो ति पुराना सोच मेरी बहिनीमाथी पोख्न
डर लाग्छ हरेक रात कतै पहिरोले पो पुर्छ कि ?
एक्लै हुदाँ कोइ आई मेरो शरिर पो लुच्छ कि ?
हुदैन र पहिलो महिनावारी हुदाँ मलाई घरमा राख्न
तर आमा, महिनावारी अछुतो हो भने तिमी कसरी भयौं पवित्र
अझै पनि बर गर्छन हामीलाई छाउगोठमा बस्न
कहिले छोड्छ यो समाजले अछुतो भईस् भन्न ?
लाग्छ मलाई अब हामी सबै उठ्नुपर्छ
छाउपडी प्रथालाई अब जरैबाट उखेल्नु पर्छ ।