३१ असोज २०८२

अन्तर्राष्ट्रिय बालिका दिवस ११ अक्टोबर २०२५ को अवसरमा छोरी संस्थाले काठमाण्डौंमा “मेरो जीवनको सपना” र रौतहटमा “मेरो जीवनको सपना” शीर्षकमा चित्रकला कार्यक्रम आयोजना गरिएको थियो, जसमा सहभागी बालिकाहरूले चित्रकला मार्फत् आफ्नो जीवनका सपना र लक्ष्यहरू अभिव्यक्त गरीएको थियो । आफ्नो भविष्यको लक्ष्य निर्धारण गर्न प्रोत्साहित गर्ने र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यका साथ राखिएको थियो । यस कार्यक्रममा काठमाण्डौंबाट २१ जना र रौतहटको चन्द्रपुर नगरपालिकाबाट ५३ जना किशोरीहरू सहभागि भएका थिए ।

रौतहटमा गरिएको कार्यक्रममा सहभागीहरूलाई दुई समूहमा विभाजन गरी बालिकाको शिक्षा, स्वास्थ्य तथा निर्णय प्रक्रियामा क्षमता वृद्धि गर्ने उद्देश्य राखिएको थियो । साथै, बालिकाहरूलाई सक्षम बनाएर छोरी तथा महिलामाथि हुने सबै प्रकारका हिंसा, भेदभाव र लैंगिक असमानताबाट जोगिन सक्ने बनाउने सन्देश कार्यक्रममार्फत् प्रवाह गरिएको थियो । यस अवसरमा बालिकाहरूले “भविष्यमा बालिकाहरूका लक्ष्य” भन्ने शीर्षकमा आफ्ना सिर्जनाहरू प्रस्तुत गरे। कार्यक्रममा चन्द्रपुर नगरपालिकाका बालकल्याण अधिकारी तथा बालश्रम न्यूनिकरण फोकल पर्सनहरूको उपस्थितिसमेत रहेको थियो ।
अन्तराष्ट्यि बालिका दिवसको अवसरमा गरिएको कार्यक्रममा ललितपुर र चन्द्रपर नगरपालिकामा दुवै ठाउँमा प्रथम, द्वितीय, र तृतीय स्थान प्राप्त सहभागीहरूलाई पुरस्कार सहित सम्मान गरिएको थियो ।




