किरनको आँट

किरन (नाम परिवर्तन)

बिहान ८ बजेको टिङ टिङ अलार्म सँगै निन्द्राले त छोड्यो तर आगो झै तातो निधारको कारणले मैले ओछ्यान छोड्न सकिन् । एक घन्टा एकै छिनमा गए झै भयो । पहिला बाबा भाई पुर्याउन जानु भयो अनी पछि ममीले त्यो १०२ डिग्रीको ज्वरो नियन्त्रण गर्न (FLEXON) दिनु भयो र ढिलो भएको कारण हतारिदै काममा जानु भयो । मेरो हात म (SAMSUNG A10) मोडलको फोन छ । फोन मा बजेको छ त्यहि (MSA) को भीडीयो । अहिले विहानको ११ः४० भएको छ । म सुतेको कोठाको ढोका क्वाँ गर्दै खुल्यो र त्यो ढोका भित्र छिर्दा आएको भारी पाइलाको आवाज मैले एकैपलमा चिनीहालें । आखिर यो आवाज नौलो कांहा हो र? ६ बर्ष भयो म यहि आवाजले त्रसीत भएको । आज पनी सदाझै मेरो मुटु मुखमा आयो तर पनि एक झीनो आशा बंचेकै थियो । शरीर नै आगो जस्तो भएर तातिएको थियो । यो हनहनी आईरहेको ज्वरो नै मेरो एक झिनो आशा थियो उ बाट बंच्ने । यो तातोले उसलाई अलिकति दया थप्छ कि भन्ने झिनो आशा थियो । तर त्यो जनावरको सोच भएको मान्छेको जुनि लिएको ब्यक्तिले मेरो शिकार नगरी नछोड्ने विचार गरेर होला शायद। मेरो छेउमा आएर पल्टीयो । उसका हात पालैसंग मेरा गोप्यअंगहरुमा दौडन थाले । म भने न त त्यहां बाट भाग्न नै सक्थें न त प्रतिकार नै । एउटा रेटिसकेकेका खसी झैं मेरा शरीर यसै ढलिरह्यो । उसले रहर पुगिन्जेल भोग्यो । म पानी बाहिर भएको माछा जस्तै छ्ट्पटाएं । तर एक क्रुर सिकारीले काहाँ आफ्नो सीकार छोड्थ्यो र । एक युद्ध जितेको शिकारी झैं उ सन्तुष्ट मुद्रामा निस्कीयो । सन्तुष्ट नहोस पनि कसरी ।  ६ बर्ष देखीको उसको प्रयास आज सफल भएको थियो । उसले आफ्नै बिउ चुंडेको थियो । उसले आफ्नै सन्तानलाई ज्युंदै मारेको थियो । 

          म मा एकप्रकारको मौनता छाएको छ । मेरो मन मस्तीष्क, शरीर सवैतिर मौनता नै मौनता छाएका छन । मस्तीष्क विचारहिन भएको छ । मन भावविहिन भएको छ । शरीर श्वासविना नै पल्टेको मुढो जस्तो भएको छ ।  आफ्ना शरीरका कुनै पनि अंगमा मलाई मायांको आभाष भएको छैन । पुनः ढोका उघ्रिन्छ । उ मेरो सामुन्न् पुनः झुल्कीन्छ, उसका आगोको राप जस्तो आंखाहरु ले मलाई गोलि ठोक्दै बोल्छ  “सुन यो कसैलाई भनीस भने तेरो ममी र भाई लाई मारेर तलाई छाड्दिन्छु ।“ अब मेरो डरको मात्रा एक्कासी हवात्तै बढ्छ । मलाई त्यो मेरो कोठाको ४ दिवार झन्झन्‌ नजिक आई मलाई गुम्साउन थालेको छ । म पाकीरहेको छु । बलिरहेको छु । खरानी भईरहेछु । रातको ९ बजिसकेको छ तर मलाई समयको आभाष नै भएन ।  मेरो तल्लो पेटको दुखाई झन् असैह्य भईरहेछ । रात दुखेरै वित्योे । मन औडाहामै वित्त्यो । कतिबेला चन्द्रमाले बिदा मागेर सुर्य उदायो नी पत्तै पाइन । उसले बन्द गराउन खोजेको मेरो मुख मेरो आत्माले बन्द हुन दिएन । बरु उसको घृणित कार्यलाई सजायं दिने साहस दियो । घर, परिवार, आफन्त र प्रहरीमा पटकपटक घाउ कोट्याउनलाई बरु साहस दियो ।  त्यहि साहसले गर्दा आज उसलाई २६ बर्षको सजायं दिलाउने हिम्मत दियो । दिदीबहिनीहरु, कृपया चुप लागेर नबस्नुस । तपाईं हिंसामा पर्नुमा तपाईंको दोष छैन ।डराएर अपराधिलाई उन्मुक्ति नदिनुस है ।

          म जस्तै धेरै हुनुन्‍छ बस हिम्मत नहार्नु जिवनमा हरेक कुरा सहि हुदै जानेछ ।

Scroll to Top