निशा क्षेत्री
घरकी एक्ली छोरी, सबैकी मायाले पुल्पुलिएकी, सबैकी प्यारी म हुँ निशा । नाम मेरो निशा भएपनि सबैले मायाले कान्छी भनेर बोलाउथे । कम्वरसम्म आइपुग्ने लामो कपाल, लरक्क दुईचुल्ठी बाटेर फुलबुटे घाँघर लगाएर बुर्लुकबुर्लुक गरी उफिदै गाउँभरी दौडन्थे । कोहि मान्छे भेट्यो कि मुसुक्क हाँस्दै बोलिहाल्थे । हाँस्दा दाहिने गालामा पर्ने डिम्पलले मेरो सुन्दरता झनै बढाउथ्यो । सबेले भन्थे “निशा हास्दा कति राम्री देखिन्छे” । बालापन उमेर कसैले राम्री भन्दीए पछि त फुर्किनलाई के नै चाहिन्थ्यो र ? साइनो लगाएर बोल्न झन मलाई कसैले सिकाउनु पर्दैनथ्यो, बाटोमा कोहिसंग भेट्यो भने कुनै न कुनै साइनो लगाएर बोलीहाल्ने मेरो बानीले गर्दा मलाई सबैले माया गर्थे । घरमा जस्तै गाउँका मान्छेहरुको पनि प्यारी थिए ।
सबैले माया गर्नेभएपछि अरुको घरमा जानु, बस्नु र खानु मलाई कुनै नौलो थिएन । फेरी साथीभनेपछि हुरुक्क हुन्थे । मेरो स्कुलसंगै पढ्ने र गाउँका धेरै साथीहरु थिए । म उनीहरुको घरमा बाक्लै आउनेजाने गर्थे । फेरी साथीको दाई, आमा सबैले माया गर्थै, मिठो खानेकुरा पकाएको बेलामा पनि सम्झीन्थे । त्यसैले बिस्तारै मलाई आफ्नो घरमाभन्दा साथीको घरमा बस्न मनलाग्दै गयो । तर साथीको घरमा गएको मेरी आमालाई पटक्कै मन पर्दैनथ्यो । हुर्कैदै गएकी छोरी, शरिरमा पनि परिवर्तनहरु देखिदै थियो । आमाको मन त होनी छोरीलाई के भै हाल्छकी भनेर डराइरहनुहुन्थ्यो ।
म सधै स्कुलबाट आएपछि मेरी बुढी भएकी हजुरआमालाई राती साथी बस्न भनी जाने गर्थी । हजुरआमा मेरो घरदेखि अलिपर एक्लै बस्नुहुन्थ्यो । आज पनि सधैझै स्कुलबाट आएपछि अलि चाडै हजुरआमाकोमा बास बस्न भनी घरबाट निस्कीए । त्यसबेला म जम्मा ११ वर्षकी मात्र थिए । चाडै भएकोले गर्दा साथीको घरमा गए । उनीहरुले दुधरोटी बनाएका रहेछन । मेरो आँखाले झट् पहिला खानेकुराहरु देखिहाल्यो । मेरो मुखबाट र्याल कतिखेर भुईमा तप्प खस्यो पत्तै भएन । अनि साथीले मिठास भरिएको आवाजले भनी “तलाई खान मन लागेको हो ?” मैले आश्चर्य मान्दै आपुई तलाई कसरी थाहा भयो मलाई खान मन लागेको कुरा ? मेरो कुरा सक्न नपाउदै मेरी साथीले थपीहाली त मेरो बच्चैदेखिको साथी यतिपनि थाहा हुन्नत भन्दै मुसुक्क हास्दै मलाई त्यो रोटि दुध दिन ठिक पार्दै थिई एक्कासी उसको ममको ओइ पख भनेर तिखो स्वरले सुने । यो आवाज सुनेर म झस्कीए अनि आफु बसिरहेको काठको पिर्काबाट जुरुक्क उठें । हतार हतार दैलोबाट बाहिर निस्कन खोजें तर उसको आमाले किन भाग्न लागेको, नडराउ भन्दै भर्याबाट माथि कोठामा लग्नुभयो । मेरी साथी भने दुध तताउदै थिई । मेरो मनमा एकप्रकारको डरले ढ्याग्रो नै ठोक्यो ।
अरुबेलामा अलि गाली गर्ने, कराउने हप्काउने मान्छेले किन यति माया देखाउदैछन भन्दै । माथी कोठामा लगेर पिट्ने त होइनन ? यस्तै यस्तै कुराले मेरो मन डराइरहेको थियो । म कहिले पनि उनीहरुको चोटामा गएकी थिइन । साथीको बहिनी त्यहि नजिकै बसेर टिभि हेर्दै थिइ, मेरो आखा वरिपरि भएको खुट्टे खाट, खाटमा ओछ्याइएको राता तन्दा अनि झुल झुण्डाइएको, नजिकै एउटा दराज, अनि दराजसंगै सटेर राखेको काठको ठुलो सन्दुक र सन्दुक माथि एउटा तामाको भाडोमा राखेको पानी सबै निकै सजाएको देखें ।
झ्याल भएको नजिकै गएर पर्दा पन्छाउदै हेर्दा त राती पर्न थालीसकेछ । आत्तिदै हजुरआमाकोमा जान ढिलो भयो भने फेरी मेरो ढाड भाच्छन भन्दै निस्कन खोजें तर साथीको ममीले एउटा कुरा भन्छु कसैलाई नभन है, तलाई म राम्रो लुगा र खेलौना किनीदिनन्छु भन्दै अनेर्कौ सपना देखाएर फकाउन लागिन, मेरो पनि बालमष्तिष्क मन के के पाउने भनेपछि फकिहाल्यो । अनि के कुरा हो भन्नु न म कसैलाई पनि भन्दीन, के गर्नुपर्यो भनेर सोधें । तेरो आमाले लगाउने २ तोलाको सुनका सिक्रिलेर आइज तैले जे भन्सछ त्यहि किनीदिन्छु भन्दै लोभ्याईन, मैले पनि आफुले के के पाउने सोचमा हुन्छ भने ।
घरमा आएपछि एकमनले आमालाई भनौकि मलाई यसरी फकाएर यो ल्याउनु भनेका छ भनेर भन्ने सोचें तर फेरी नयाँ सामान पाउने आस पनि संगै थियो त्यसैले आमालाई भनिन् । कसरी सिक्रि हातपारेर लगेर दिनेहो भन्ने नै लाग्यो ।
भोलिपल्ट बिहान म उठ्दा घरमा आमा हुनुहदोरहेनछ अनि आगनको डिलबाट चर्को स्वरमा आमा आमा भनी चिच्याउन थाले, एक्कै छिनपछि आमाले परैबाट बारीमा छु कान्छी के भयो ? एक्कैछिन बस है म आउछु भन्दै ठुलो आवाज दिनुभयो । म त्यही थचक्क बसेर अब आमाको सुन कसरी हात पार्ने भन्ने विषयमा सोच्न लागें । यसो माथि चढें, आमाले दराजको चावी त्यहि सिरानी मुनी राख्नुभएको रहेछ । यहि मौका पारी दराज खोलेर आमाको सुनको सिक्रि निकाले अनि किताबको चेपपमा राखेर टिभी हेर्ने थाले । टिभिहेर्दा हेर्दै बिहानको ९ बजिसकेछ, त्यसपछि खाना खाएर स्कुलतिर लागें । दिनभरी स्कुलमा पढाईमा भन्दा पनि किताबमा च्यापेको सुनको मात्र झझल्को आइरह्यो । स्कुल छुट्टी हुनेबित्तिकै म साथीको घरमा गई उसको आमालाई त्यो सुन दिए अनि त्यहाबाट हजुरआमाकोमा बास बस्न गए ।
अर्कोदिन घरमा पुग्दा त आमा सुनको सिक्रि हरायो भन्दै राई कराई गरिराख्नुभएको रहेछ । पुलिसकेस प िनगरि सक्नु भएछ अनि धामीकोमा जान भनी तयार चल्दै रहेछ । यो दृष्य देखेर मेरो मुटुले ठाउँनै छोडी सकेको थियो । बोल्ने आँट थिएन मेरो, आमा भन्दै हुनुहुन्थ्यो कि धामीकोमा जाँदा त जसले चोरेको हो उसको फोटोसहित हातको औलामा देखाउछ, चोर कहाँ उम्कन पाउछ र भन्दै हुनुहुन्थ्यो । यो कुराले मनमा झनै डरले ढ्याग्रो ठोक्यो । सुन हराएदेखि आमालेमुखमा पानीसमेत हाल्नुभएको थिएन । यो अवस्था देखेर मलाई डरसंगसंगै किन यसो गरेहोला भन्ने लागिरह्यो । नयाँ कुराहरु पाउने आशामा मैले कसरी आफ्नै आमाको सुन चोर्ने सके थाहा भएन । मैले अरुको लहैलहैमा आफ्नै आमालाई यतिदुख दिए । आमाको आँखामा आएको आँसु देखेर म पनि धेरै रोए । त्यसपछि मैले सबैकुरा आमालाई भने । त्यसपछि आमाले पुलिस बोलाउने, सबै गाउँका मान्छेहरु मिलेर साथीको घरमा गै साथीको आमालाई समातेर पुलिस थानामा लगें ।
घटना त सकियो । आमाको सुन पनि फिर्ता आयो तर मेरो जिवनमा भने धेरै असर नै गर्यो । मिल्ने साथी थिई उ टाढा भई, स्कुलमा सबैले चोर्ने जस्तो उपनामहरु दिनथाले । हिजो गाउँका माया गर्ने सबै मानिसले अहिले नकारात्मक दुष्टिले हेर्नेथाले । सबैले बोलाउदा पनि विभिन्न उपनामहरु दिनथाले । यो कुरासहन मलाई झनै गाहो भयो ।
११ वर्षको केटीले यतिठुलो अपमानको भार बोकेर हिड्न गाहे भयो । यो गल्ती मेरा अन्जानमा भएको थियो । तर यसको सजाएले मलाई मर्न न बाच्नु बनायो । यहि घटनापछि मलाई घरमा बस्नैमन लागेन । सबैले गाली मात्र गर्ने, घरमा पनि वास्ता नगरेको जस्तो महसुस भइरहेको थियो।
यसैक्रममा गाउँको एकजना भिनाजुपर्नेसंग भेट भयो । वहाँले मलाइ नजिक भएर मेरो कुराहरु सुनिदिनुभयो । त्यसपछि उहाँप्रति म अलि नजिक भए । वहाँ एकदमै राम्रो र सहयोगी जस्तो लाग्थ्यो । तर थाहा थिएन वहाँ कस्तो मान्छे हो तर पनि मलाई एउटा अभिभावकको जस्तो महसुस गराउनु भएकोले गर्दा वहाँको नजिक भए । वहाँ काठमाण्डों बस्ने भएर मलाई पनि काठमाण्डौं हिड् उतै पढाईदिन्छु भनेर आश्वासन दिनुभयो । म फेरी दोस्रोपटक घरभन्दा बाहिरको मान्छेलाई विश्वास गरेर घरबाट भागेर आएँ । काठमाण्डौंमा भिनाजुले एउटा कोठामा लग्नुभयो । त्यो सुनसान अनि अध्यारो कोठामा लग्नुभयो । फेरी मेरो मन डरायो । कोठामापुग्दा साँझ झमक्क भै सकेको थियो । त्यो रात त्यहि कोठामा भिनाजुसंग बस्नुपर्ने भयो । बेलुका खाना खाएर हामी दुवैजना कुरा गर्न थाल्यौं । कुरा गरिसकेपछि भिनाजुले अब सुत्नको लागि कुनामा सट्टाएर राखेको खुट्टे खाटदेखाउनु भयो । म त्यो खाटमा यसो अडेस लगाएर बसेकी मात्र थिए भिनाजु पनि त्यहि नजिकै मेरो शरिरमा टासिन सालीनानी आज म तिमी पनि तिमीसंग सुत्छु है, भन्दै हाँस्दै मेरो पिठिउमा हात लगाउनु भयो । मेरो ज्यान सिरि भयो अनि एक प्रकारको डर बस्यो सायद त्यहि डरले गर्दा आँखा चिम्लीएपनि म रातभरि निदाउन भने सकिन् । एकैछिनपछि भिनाजु म तिर कोल्टे फेरर्नुभयो । म केहि बोल्न सकिन् र बिहान कति बेला होला भन्दै कुर्दै बसें । रातीभरि म निदाएको ठानेर भिनाजुले मेरो पिठीउमा हात लागे, मलाई अप्ठ्यारो हुनेगरि छुने, जबस्जस्ती मैले नाई भन्दा भन्दै मेरो मुख थुनिदिने गर्नुभयो । त्यो रात कसरी बित्यो म भन्न पनि सक्दीन ।
बिहान ४ बजेतिर, भिनाजु ट्वाईलेट गएको मौका छोपी त्यहाँबाट भागें । म पहिलो पटक काठमाण्डौं आएकी त्यसमा पनि म कुन ठाउँमा छु केहि थाहा थिएन । आतिदै सडकमा पुगें । झिस्मीस उज्यालो हुदै थियो । भित्री बाटो भएर होला कुकुरहरु भुक्दै थिए, फेरी मेरो छटपटाहट देखेर झनै ठुलो श्वरमा कुकुर कराउदै थिए । आँखामा आँसुका धारा बगाउदै, कहाँ जाने, के गर्ने केहि …………………गन्तव्यहिन भएर भौतारिदै अगाडि बढ्दै थिए । हजारौ मानिसहरुको चहलपहल हुने बाटोमा एउटा कुनामा म एक्लै, भोकोपेट, आतिएको मन र अनि मा मेरो दुई दिन बित्यो । मैले २ दिनसम्म सडकै मै बिताए । दुईदिनपछि त्यहा मेरो भेट एकजना प्रहरीसंग भयो । त्यसपछि प्रहरीले नै मलाई एउटा संस्थामा पठाउनु भयो । यसरी त्यो नर्कजस्तो अवस्थाबाट उम्कीएर म संस्थामा पुगें । संस्थामा पुगेको केहि दिनमा नै मैले परिवारसंग पुन मिलन भयो । म संस्थामा नै बसेर आफ्नो पढाईलाई अगाडि बढाउदै छु ।
अहिले मलाई यस्तो लाग्छ कि यति मैले कुनै सानो गल्ती गर्दा मेरो परिवार तथा समाजकले सकारात्मक तरिकाले बुझिदिएको भए म यो अवस्थासम्म आईपुग्दीनथे होला ? मलाई त्यसबेला थाहा थिएन के ठिक के बेठिक । तर सहि दिशानमा डोर्याउने व्यक्ति नभएकोले गर्दा मैले यतिधेरै दुख पाए ।

