शिक्षा र माया — संघर्ष र आशाको यात्रा

कामना (नाम परिवर्तन) बस्नेत

आज आइतबार हो, गर्मी विदाबाट एक महिना पछि स्कूल जाने पहिलो दिन। म निकै उत्साहित थिएँ, किनकि एक महिनासम्म घर र खेतबारीका कामहरूमा व्यस्त भएपनि, म सँधै पढ्न चाहन्थें।

कक्षा ८ मा पुगिसके, अब त राम्रोसँग पढ्नुपर्छ,मनमनै सोच्दै स्कुल जानको लागि घरबाट निस्कीए।

टी… नी… नी… नी… टी… नी… नी… नी… स्कूलको घण्टी बज्न थाल्यो। म दौड्दै कक्षा कोठाको ढोकामा पुगें र अडिएर भने, मे आइ कम ईन सररु

आउ आउ, सरले हातले इशारा गर्नुभयो। मैले डरको साथ मेरो ठाउँमा गएर बसें। सर पढाउनमा व्यस्त थिए, तर मेरो ध्यान भने केही समयको लागि अर्कैतिर हरायो। मैले घरमा दिदीसँगको कुराकानी सम्झिएँ। आज म स्कुल जान लाग्दा र दिदी र फर्कँदा केवल टाढाबाट मुस्कान र आँसु साटेका थियौं । मनमा अनगिन्ती पीडाहरू हुंदाहुंदै पनि दिदीलाई सम्झिएर मलाई मनभरी खुशी दौडिएजस्तो जस्तो लाग्छ ।

कक्षा सकेर घर फर्कने समयमा मेरा मनमा थुप्रै विचारहरू आईरहेछन । मेरा पुराना दिनहरूको सम्झना एक पछि अर्को गर्दै आइरहेका छन्। आठ वर्षदेखि काकाको घरमा बसिरहेको छु, जसको कारण थियो मेरो घर नजिकै स्कूल नहुनु र हाम्रो आर्थिक अवस्था कमजोर हुनु । बुबा इन्डियामा काम गर्न जानुभएको थियो र घरको जीवन धान्न हामी सबैको संघर्षको अवस्थाले म काकाको घरमा बस्न थाले। काकीलाई म बसेको मन परेको छैन भन्ने कुराले मेरो मनमा एउटा गहिरो खालीपन छ । तर, मेरो मनको खालिपनलाई केहि मात्रामा भरीदिने र मनलाई शान्त पार्ने भनेको दिदी मात्र छिन ।

काकाको घरमा अप्ठ्यारो भएपनि, मायां गर्ने मान्छे नभएपनि मैले गहिरो विश्वास राखेको छु कि शिक्षा नै एउटा उपाय हो जसले मलाई भविष्यमा सफल बनाउँछ। मैले आत्म(संयम र साहसको साथ पढाइमा ध्यान दिन थाले।

हाम्रो घरको स्थितिले मलाई कमजोर बनाउने प्रयास गरे पनि, मैले विश्वास नगरेको कुरा भनेको शिक्षा थियो। केहि पाउन केहि गुमाउनु पर्छ, भन्ने भनाइलाई मैले आन्तरिक रूपमा स्वीकारे, र सोचे, यदि म यहाँ नआएको भए, पढ्न पाउँदैनथे होला। मेरो ध्येय मात्र एउटा थियो (राम्रो शिक्षा प्राप्त गर्नु।

तर काकीको अत्याचारको सामना गर्दा, मैले धेरै पीडा झेले। काकीको हर्कत र कठोर व्यवहारलाई सहेरै पढ्नको प्रयास गरिरहेकी थिएँ। सबैको मन बुझ्न, परिपूर्ण वातावरण बनाउने अवसर थिएन।

तर, शिक्षा त मेरो सपना थियो। मैले धेरै यातनाहरू सहेर काकीको घरमा शिक्षाको महत्वलाई बुझ्न थालें। सानो उमेरमा शारीरिक र मानसिक यातनाले मलाई थकित पारिरह्यो, तर मलाई थाहा थियो कि यदि मैले संघर्ष गरेन भने मेरो भविष्यलाई कुनै उज्यालो देख्न सक्दिन।

एक दिन, दिदीले मलाई एउटा चकलेट दिइन् र मलाई सम्झाउँदै भनिन्, तिमीलाई त हामीले माया गर्छौं, काकीले जस्तो व्यवहार गरे पनि, पढ्न त तिमीले नै चाहनुपर्छ।

दिदीको शब्दहरूले मलाई जीवनको कठिनाइसँग जुझ्नको लागि प्रेरित गर्यो। मैले शिक्षा र उज्जवल भविष्यको महत्व बुझें, र भने, मैले यत्रा गर्दा जुन दुस्ख र यातना सहें, त्यो त केवल मेरो भविष्यको लागि मात्र थिएन, अरू बालबालिकाहरूको भविष्यका लागि पनि म एक उदाहरण बन्न चाहान्छु।

आज, म जसरी संघर्ष गरेर स्कूल जान सकें, त्यसै गरी म चाहन्छु कि सबै बालबालिकाले आफ्नो बुबाआमाको माया र शिक्षा पाउँछन्। शिक्षा भनेको केवल पढाइ मात्र होइन, यो भविष्यको ढोका हो जसले जीवनलाई उज्यालो बनाउन मद्दत पुर्याउँछ।

शिक्षा केवल कागज र कलमको कुरा मात्र होइनस यो हाम्रा सपनाहरू पुरा गर्ने आधार हो, हाम्रो समाजलाई सशक्त बनाउने माध्यम हो। यसका लागि संघर्ष गर्न, बलिदान दिन, र हिम्मतले अघि बढ्नको आवश्यकता छ।

Scroll to Top