बिनिशा चेपाङ

यो विदेशि प्रोजेक्टमा जागिर खान पनि गाह्रो छ । कहिले कता जानु पर्ने, कहिले कता जानु पर्ने ! त्यहि एउटा सुखको कुरा के छ भने, प्रोजेक्ट चाँहि सहरमा नै खाएछु । गाउँमा भाको भए खुट्टाले हिँडेर धाउनुपथ्र्यो होला । सहरमा त घरैपिच्छे रोडै रोड, घरघरमै गाडि पार्किङ्ख रहेको छ ।
सदा झैंै आज पनि प्रोजेक्टको फिल्ड कोटेश्वर एरियामा रहेको थियो । त्यति नजिकै अनु बुक्स एण्ड स्टेशनरी देखें र केहि फिल्डको लागि सामान लिनुथियो त्यसैले स्टेशनरी पसलमा गएँ । गएपश्चात त्यहाको पसलसाहुँसँग भेटें । हामी दुईविच वार्तालाप भयो । भने सामानको लिष्ट टिपाउदै थिए मेरो आखाँ एक्कासी भित्तामा टाँसेको चित्रमा पुग्यो । मैले त्यो चित्रलाई राम्ररी नियालँे । चित्रको तलपट्टि त्यो चित्रको बारेमा लेखिएको थियो, भने चित्रको छेवैमा प्रश्न पनि सोधिएको थियो । उक्त प्रश्न यस्तो थियोे “सञ्जाल खराबि हो की, मान्छे नै खराबि हो ?” ।
मेरो समय अलि कम भएकोले मैले त्यो चित्रलाई मोवाइलमा फोटो खिचेर ल्याएँ । अनि ड्राइभरलाई पार्किङ्खबाट कार निकाली हिड्नको लागि इशारा दिएँ । कोठामा पुगेर राति सुत्ने बेला म उक्त दिउँसोको फोटो र चित्रलाई पढ्न थालेँ । उक्त चित्रको बारेमा यस्तो लेखिएको थियो । भर्खरै १९ वर्ष भएकी रक्षा खत्री सामाजिक सञ्जालको जालमा फसेर भर्खरै मात्र उत्रेकी छिन् । उनी सामाजिक सञ्जालको प्रयोग गर्नुभन्दा अगाडि पश्चिम रुकुममा सानो गाउँमा बस्थिन् । घरमा बुबा, आमा, दुई दिदी र दुई बहिनी र एक भाई गरि जम्मा ८ जनाको परिवार थियो । चौँध पन्ध्र वर्षकी सुन्दर फुलमाथि भमरा नडुल्ने त कुरै भएन । एक दिन रक्षा माथि अधबैँशे केटा मान्छेले आक्रमण गर्याे ।
बिचरा रक्षा अब के गर्ने, कसो गर्ने भन्ने बारे सोच्न थालि । उनि घाँस काट्न जाँदा नाम्लोले आफ्नै घाँटी बेरेर आत्महत्या गर्न खोज्थी, त कहिले भिरबाट हामफाल्न खोज्थी । त्यसैगरी नै रक्षा बाँचिरहेकी थिई । तर सात आठ महिनापछि रक्षालाई रुकुमबाट काठमाडाँैमा ल्याइएको थियो । काठमाडाँेको एक संस्थामा रक्षालाई राखिएको थियो । अझैसम्म कहिले पनि नदेखेकी ठुुला ठुला घर, धेरै मान्छेहरु र गाडिहरु आफ्नै गतिमा हिँडिरहेको थियो । तर रक्षा भने हरपल गाउँको मायामा डुबिरहेकी हुन्थि । खेलेको आँगन, त्यो डाँडापाखा र आफ्नो परिवारलाई सम्झि३ तला माथिको छतमा बसी धरधरी रुन्थी । कहिलेकाँहि छतबाट तल हाम फाल्न खोज्थी तर उक्त अवस्थासम्म पुर्याउने अधबैँशे मान्छेलाई सम्झिएर उनि बाँच्न चाहान्थिन् । १ कक्षा पनि नपढेकी, मोबाइल भनेको के हो भन्ने कुरा अझैसम्म पनि रक्षालाई थाहा थिएन । रक्षा संथामा बसेर विस्तारै आत्मनिर्भर हुँदै गएकी थिई, कक्षा १ देखी पढ्न पनि थालिन् । हरेक सीप सिकिन्, शसक्तिकरण तालिमहरुु लिन थालिन् र अब भने रक्षा आफ्नै काममा व्यस्त हुन थालेकी थिईन् ।
दिन बित्यो, हप्ता बित्यो, महिना बित्यो र वर्ष बित्यो रक्षा आफैँ व्यापार गर्न थालिन् । रक्षाले त्यो गाउँको अधबैँशे मान्छेलाई आक्रमण गरेबापत सजाय दिईरहेकी थिईन् । व्यापार गर्न जाने क्रममा रक्षाले अरु मान्छेहरु मोबाइलमा कुरा गरिरहेको सुन्थी, आफ्नो आमा बुबा,दिदी बहिनीसँग मोबाइलमा कुरा गरिरहेको देख्दा रक्षालाई पनि मनमा मोबाइल किन्ने हतोत्साहित भएर आएको थियो । रक्षाले आफ्नै व्यापारको कमाइबाट भिभो मोबाइल किनिन् । रक्षालाई मोवाइलको यापहरु कसरी चलाउने भनेर थाहा थिएन । उनि त्यस्तो मान्छे थिइन् , जसलाई केटा मान्छे नै मन पदैनथ्यो । केटा मान्छे देख्ने बित्तिकै रक्षालाई रिस उठ्थ्यो । रक्षा बिस्तारै कक्षा १ बाट दुई, दुईबाट तीन, तीनबाट चार र चारबाट कक्षा पाँचमा उक्लि । उमेर पनि १६ बाट १७, सत्रबाट १८, अठारबाट १९ हुँदै गईन् । रक्षाले म्यामहरु र दिदीहरुको सहायताले फेसबुक, मेसेन्जर, ह्वाट्सयाप, टिकटक लगायत अन्य यापहरु खोलिन । उन्लाई मोबाइल त राम्ररी चलाउन आउदैेनथ्यो झनै यापहरुको त कुरेै नगरौ । अचानक एउटा नचिनेको व्यक्तिले रक्षालाई नम्बरमा कल गरेछ । रक्षाले फोन उठाइनन् । मोवाइलमा लगातार कल आइरह्यो । रक्षाले कल उठाइन्, त्यो कल रक्षाकै भेनाजु पर्नेको रहेछ ।
कल उठाउन पनि कत्ति गाह्रो भाको हो भनी भेनाजुले भन्दा रक्षाले नम्वर सेभमा रहेनछ भनि उत्तर दिएकी थिइन् । विस्तारै रक्षा र भेनाजु विच बोलचाल हुदै गयो । भेनाजुले पनि बिहे गरेको रहेनछ । रक्षाले आफ्नो यथार्थ सबै भेनाजुलाई भनेको थिई र भेनाजुले पनि म स्विकार्छु, चिन्ता नगर भनेको थियो । रक्षाले साच्चिकै माया गर्ने मान्छे पाएको महसुस गरि उनिहरु लगातार बोल्दै गइरह्यो । जब रक्षा र त्यो केटा बोल्न थालेको थियो । रक्षा काममा भन्दा पनि बढि मोबाइलमा ध्यान दिन थालेकी थिई । रक्षा र त्यो केटाको बोलचालको बारेमा रक्षाको परिवार र त्यो केटाको परिवारमा पनि थाहा थियो ।
केटाले भन्थ्यो “म तिमीलाई साँच्चिकै माया गर्छु” र रक्षाले पनि भन्थि “मेरो यथार्थलाई स्विकार गर्नु हुने हजुर त मेरो लागि भगवान सरि हो, म पनि हजुरलाई मनदेखी नै चाहान्छु, म पनि हजुरलाई छोड्दिन” । कुराकानी दिनहुँ हुन्थ्यो, उनिहरु एक दुई पटक भेटेका पनि थिए । मान्छेको मन नै त हो कुन बेला के हुन्छ, कुन बेला परिवर्तन हुन्छ थाहा हुँदैन । उनिहरुविच चार पाँच महिना कुरा भएको थियो । एकदिन त्यो केटाले म तिमीलाई छोड्दिन्छु भनि रक्षालाई भन्यो । रक्षा पहिला त जिस्काएको होला भनेर हास्दै बोलेकी थिई । जब एक दुई दिन बित्यो केटाले फोन पनि नगर्ने, म्यासेज पनि नगर्ने रक्षाले कल गर्दा पनि कल रिसिभ नगर्ने र म्यासेजको रिप्लाई पनि नदिन थाल्यो । रक्षालाई नपर्नु पिर पर्यो । रक्षाले अति नेै कल गरेपछि केटाले कल उठायो अनि भन्न थाल्यो “तिम्लाई मैले भनेको हैन कल,म्यासेज नगर भनेर ! किन गरेर मलाई डिस्र्टव गरेको तिम्ले । मैले माया गरेको थिएन तिम्लाई, न त गर्ने नै छु । त्यो त केवल समय बिताउनको लागि थियो । मेरो अर्कै र्गलफ्रेन्ड छ, अब देखी मलाई कल म्यासेज गर्ने हैन, अनि अर्काे कुरा यो कुरा तिम्रो परिवार र मेरो परिवारलाई थाहा दिनु हुन्न । सम्बन्ध र कुरा हाम्रो बिच थियो, हामी नै समाधान गर्नुपर्छ । आमा बुबालाई भनेर कल गर्न पनि लाउने हैन बुज्यौ, अहिलेलाई बाई बाई”। केटाको त्यो वचनले रक्षा ब्रहमाण्ड नै पल्टेको जस्तो महसुस गरि । रक्षाले त्यो केटालाई साच्चिकै माया गरेकी थिई । रक्षाले यो पनि महसुस गरेकी थिई कि मेरो लागि अझैपनि अरु कोहि छ, भगवानले माथिबाट मेरो लागि बनाएर पठाएकी हुन्, तर हैन रहेछ ।
रक्षा रातभरि ननिदाउने, खाना पनि नखाने र एकान्तमा बसी रुने गर्थिन् । रक्षाले सबै कुरा आफ्नो आमाबुबालाई भनी । आमाबुबाले रक्षालाई धेरै नै सम्झाएको थियो । तर रक्षा भने दिनदीनै कमजोर हुँदै गएकी थिइन् । बिस्तारेै रक्षा म्यामहरुसँग कुरा गरेर काउन्सिल बसेर सुधारमा आएको थियो । अब भने रक्षा कुनै केटा मान्छेसँग पनि नबोल्ने र सामाजिक सञ्जालको प्रयोग कम गर्ने प्रतिज्ञा गरेकी छिन् । उनले भनेकी थिई “जीवन अरुको लागि बाँच्ने रहेनछ, जब आफु हुन्छ तब मात्र संसार रहन्छ । आफु भएन भने त के संसार पनि हुँदैन, त्यसैले संसार आफ्नै हो, यदि मैले पहिला नै आत्मा हत्या गरेको भए मैले यो संसार देख्न पाउदिन थेँ होला” । उनले सबैको लागि प्रश्न सोधेको थिई “सञ्जाल खराबि हो की मान्छे खराबि हो ?”। उक्त प्रश्नमाथि मेरो उत्तर दोधारात्मक थियो । सञ्जाल मान्छेले बनाको हो, यदि सञ्जाल नभाको भए कसरी रक्षा लगायत अन्य मान्छ एकअर्कामा टाढै बसि गफ गर्न पाउथे होला । उक्त प्रश्नमाथि मेरो कुनै उत्तर थिएन । भोली अरु कसैलाई सोध्छु भनेर मैले मोवाइल र फोटोलाई बन्द गरेँ । घडी हेरेको त ११ बजिसकेछ म सुतेँ ।
“सञ्जाल र मान्छेको बानी भनेको एउटै हो सर ! बुज्नेलाई श्रिखण्ड, नबुज्नेलाई खुर्पाको बिँड”।

