सुमिना तामाङ (परिवर्तित नाम)

बाहिर हेर्दा सुर्यले अस्ताउन लागेको, साँझको बेला सिरसिर हावा चलिरहेको थियो । म भने एउटा हातमा मोबाइल र अर्को हातमा दुध हालेको मिठो चिया लिदै आफ्नो कोठामा छिरें । चियामा जति मिठास थियो त्यति मनमा थिएन । हरेक दिन जस्तो आज पनि इन्स्टाग्राम स्क्रोल गर्न लागेँ, तर आँखामा रमाइलो थिएन—डर, असहायपन, र थोरै निराशा मेरो मन भारी भैरहेको छ । मन भित्रभित्रै मेरो मनमा अनगिन्ती डर र असुरक्षा बढ्दै गरेको थियो।
यसो मोबाइल बिनाको अगाडि जिवनको पनि याद गरें–
“कति स्वतन्त्र जिवन थियो है मेरो जिवन । न त कसैको दवाव, न कसैले डर धम्की । कति स्वतन्त्र थिए है आकासमा उडिरहेको पन्छी जस्तै ।”
सामाजिक मिडियामा धेरै सक्रिय त थिइनँ, तर कहिलेकाहीँ साथीहरूलाई “ज्ष्”, “ज्भििय” वा ःझभ पठाउँथेँ, अनि आफूलाई राम्रो लागेपछि सेल्फी पनि लिने गर्थेँ। त्यो समय मेरो जीवन सामान्य नै थियो । कसैको वसमा थिएन ।
जब म कक्षा ११ मा पढ्दै थिइँ। अकाउन्ट जति नै पढे पनि केही बुझ्न गाह्रो थियो। जत्ति प्रयास गरे पनि मैले अकाउन्ट बुझ्न सकिनँ। त्यसैले मैले कोचिङ ज्वाइन गरेँ। त्यहाँ सीनियरहरू पनि हुन्थे। म स्वभावले कम बोल्ने मान्छे भए पनि सबैसंग चिनजान थियो ।
एकदिन सीनियरहरूले “नोट्स शेयर गर्ने” भन्दै एउटा ग्रुप च्याट बनाए। मैले कुनै सोच–विचार बिना ज्वाइन गरेँ। सुरुमा सबै ठिकै—होमवर्क, परीक्षा, मीम, स–साना मजाक। तर बिस्तारै कुरा घुम्न थाल्यो।
ग्रुपमा भएको एक जना सीनियर किरणले मलाई मन पराउँछु भनेर आफ्ना साथीहरूलाई भनी सकेको रहेछ। त्यसैले ग्रुपमा मेरो कुनै पनि म्यासेज देख्दा उसको नाम लिएर अरूले जिस्किन्थे। सुरुमा मलाई फरक परेको थिएन। मैले सोचेँ, “मजाक त हो।”
तर पछि किरणले मेरो फोटोमा “दभबगतषग”ि, “अगतभ”, “उचभततथ” जस्ता कमेन्ट गर्न थाल्यो। त्यसपछि त उ सिधै व्यक्तिगत म्यासेज गर्न थाल्यो। सुरुमा त साधारणै थियो—
“आज क्लास आउँछ्यौ?”
“अकाउन्टको असाइनमेन्ट गरिसक्यौ?”
तर केही दिनमै उसको मेसेजको स्वर बद्लिीन थाल्यो।
“यो फोटो कसले खिचिदिएको? ब्वाइफ्रेन्डले??”
मैले यस्ता मेसेजलाई बेवास्ता गरेँ। तर बेवास्ताले समस्या रोक्दैन रहेछ। उ रातभर म्यासेज गरिरहन्थ्यो—
“रातमा भिडियो कल गर न।” भन्थ्यो ।
मैले ‘नाई’ भनेँ। तर ऊ मान्दैनथ्यो।
अब किरणले केवल म्यासेजमा मात्र नभई, मलाई बिना अनुमति पछ्याउन थाल्यो। म जहाँ गए पनि ऊ मेरो पछि–पछि हिँड्थ्यो। मलाई अत्यन्त डर लाग्न थाल्यो। किरणले मलाई दवाव दिन थाल्यो। उसले दिन–रात म्यासेज गर्न थाल्यो ।
त्यसपछि म किरणसँग म्यासेजमा राम्ररी बोल्न थालें। मैले उसलाई राम्ररी बोलें भने उसले मलाई दुख दिने काम गर्दैनथ्यो। बिस्तारै हामी अझ धेरै कुरा गर्न थाल्यौं। त्यो केही हदसम्म पागल प्रेमी जस्तो थियो। मलाई पनि अब विश्वास हुन थाल्यो कि उसले मलाई धेरै माया गर्छ।
यसरी नै मेरो कक्षा ११ सकियो। अनि मलाई किरणले अर्को कुराको यातना दिन थाल्यो। उसले मलाई विवाहको प्रस्ताव राख्न थाल्यो। मैले उसको प्रस्ताव स्वीकार गरिन भने उसले आत्महत्या गर्ने धम्की दियो। डर र दबावमा, म उससँग विवाह गर्न तयार भएँ।
विवाहपछि, मेरो परिवारले मलाई सम्पर्क गर्न छाडे। कसैले खोजेनन, कसैले सोधेनन। म एक्लो थिएँ—भय, पछुतो, र थकानले भरिएको जीवन। किरणले मलाई पढ्न पनि दिएन।
“तिमी फेरि अरूसँग बोल्छ्यौ भने?” भनी उसले धम्की दिन्थ्यो। उसले मलाई बन्दी बनाएर राखेको थियो। ऊ बस् भन्यो भने बस्नै पर्ने, उठ् भन्यो भने उठ्नै पर्ने। म उसकै आदेशमा चलिरहन्थेँ। मैले आफ्नै लागि केही निर्णय लिन सक्ने अवस्था नै थिएन। मसँग बोल्ने, रोइदिने, समस्यामाथि उठ्ने—कोही थिएन।
तर तीन महिनापछि, किरणले अर्को केटी मन पराउन थाल्यो र अन्ततः मलाई छोडेर गयो। म आफ्नो परिवारतिर फर्किनु पर्यो। सुरुमा परिवारले स्वीकार गर्न हिचकिचाए। तर केही समयपछि, उनीहरूले मलाई फेरि स्वागत गरे।
जसरी म फेरि पढ्न थालेँ, कक्षा १२ मा, मैले महसुस गरेँ—मेरो जीवन डर र धम्की मात्र होइन। त्यही दिन, कोचिङको नयाँ सीनियर, जसले पहिले मलाई कहिल्यै समर्थन गरेको थिएन, अचानक मेरो नजिक आए। उसले मलाई साथी जस्तो साथ दिन थाल्यो—कसरी म डर र पीडाबाट उब्जेर आफ्नो भविष्य बनाउन सक्छु भनेर सम्झाउन।
त्यो क्षणमा मैले बुझें—कहिलेकाहीँ असली शक्ति डरले होइन, नयाँ सुरुवातले आउँछ। किरणले छोडे पनि, मेरो जीवन अझै मेरो हातमा छ। डर, पछुतो र पीडा मेरो अतीत हो, तर भविष्य अझै मेरो छ।
अब म पढ्दैछु, सिक्दैछु, र आफैंमा विश्वास फर्काउँदैछु। हरेक दिन मेरो निर्णय, मेरो आवाज, मेरो अधिकार—मेरो हो।
