
-लक्ष्मी शाही
जति सरकार फेरिएपनि अपराधि कहिल्यै भेटिएन
अरु त के आश गर्नु र यहाँ निर्मलाको त हत्यारा भेटिएन
संविधानमा महिला सम्बन्धि अधिकार त धेरै बनेका थिए
अन्यायका विरुद्घमा आवाज उठाउँदा यहि समाजले थुक्क भनेका थिए
छोरी भई जन्मनु सायद अभिशाप नै रहेछ
जिम्मेवारी भई अघि बढ्नु लाग्छ पाप रहेछ
माया मोह देखाएर देह व्यापार गराउछन्
यहि छोरीको अँग मोलमा राखि आफ्नो पेट भराउछन्
केही छोरीहरु कामको लागि विदेशतिर धाएका छन्
केही छोरी विपतमा परि बेचिन बाध्य भएका छन्
राम्रो काम गर्ने मान्छे यहाँ जहिल्यै पछि पर्नुपर्छ
यस्तो तालले भएन सरकार अब त केहि गर्नुपर्छ


