
बिनिशा चेपाङ
हेर्दा छायाँ झैँ उनि अनुभवमा सिमलको भुवाँ झैँ कोमल
थियो प्रत्येक मुस्कानमा उज्यालोपन र सरल
अविरल हावामा मिसिएको उनको हाँसोको मिथ
एक एक सोचाईमा बास थियो बिहानिको प्रित
पढ्न गए बाबा आमा “बाइ“ भन्दै मधुर मुस्कानका साथ
केही पर पुग्दा आँखा छोप्यो र जन्जिरले झँै हात
प्रत्येक नेपाली चेलीको मुटु काम्यो रोयो भगवानको ताण्डःप
२४ घण्टापछि थाहा भयो इनिशा बलात्कार हत्याकाण्ड
गिद्धले लुुछेको जस्तै देह पिपलको जरा झँै केश
त्यहि भयानक र टिठलाग्दो तस्बिरले जगमगायो ‘नेपाल’ भन्ने देश
समयले छिन्यो उनका आशा र सपनाका हात
बिना बोली रह्यो अधुरो जिवनको अमुल्य साथ
सम्झनामा बाँकि रह्यो केवल माया र स्नेहको साथ
इनिशाको नाममा यो कविता विनिशाको माथ

