
–हिरा दाहाल
महिलाको आँसुको कथा,
बालबालिकाकाे सपना,
जेष्ठकाे थाकेकाे जीवन-
के यति सस्ताे भयाे र देशमा?
खारेजीको निर्णय सुन्दा
मनभित्री आगाे बल्छ,
सम्वेदनाकाे आवाज दबाँउदा
न्याय नै किन लज्जित हुन्छ?
याे मन्त्रालय हाेइन मात्रै,
याे भराेसकाे घर हाे।
जहाँ पीडितकाे चिच्याहट
सुनिने स्वर हाे।
किन बन्द गर्ने त्याे ढाेका,
जहाँ आशा बाँच्छ अझै?
किन मेट्ने त्याे उज्यालो ,
जहाँ पीडा राेकिन्छ सधैँ?
हामी चुप बस्ने छैनाै अब,
आवाज अझै बुलन्द हुन्छ।
अधिकार खाेस्ने हातहरु,
जनताको आवाजले राेकिन्छ।
महिला, बालबालिका, जेष्ठकाे हक-
कुनै सम्झाैताकाे बिषय हाेइन,
खारेज हाेइन,सुदृढ बनाऊ,
याे हाम्रो माग हाे, बिकल्प हाेइन!
“न्याय चाहिन्छ,सम्रक्षण चाहिन्छ!”


