कस्ले सुन्ने..?? उत्तर दिने र बुझ्ने…??

बिनिशा चेपाङ

मुनामा मुस्कुराउने कोमल फुल झँै निर्मला
अध्यारो पन्छाउने विहानिको पहिलो किरण झँै निर्मला
प्रत्येक नेपाली चेलीले भोग्नुपरेको हिंसा र हत्याको पात्र
देह त केवल अवशेषको रुपमा स्मृतिको लागि मात्र निर्मला
हरे !

एक क्षणमै समयले रंग फेरे
हासो भरिएको संसारलाई अध्यारोले घेरे
निष्ठुरी भाग्यले गला रेटे
सपनाका रंगहरु अन्यायले भेटे

समथर भुभाग बास,उखु र मकैको घारी
तिव्र गतिको साइकल पछाडिबाट कपालमा लतारी
आंखा मुख थुनेर लग्यो उखु मकै भएको सतह
त्यसपछि के भयो ………??? भन्न सक्दिन म त..
परिक्षामा पास हुने पक्का माँ बा लाई घरपुगि सुनाउने आश
आशा सबै बिच बाटामै मर्यो,केवल घारीमा अत्यासलाग्दो लास

अब….!!!
कस्ले सुन्ने..?? उत्तर दिने र बुझ्ने…?????
ति अबोध आखाँ र धमिलो आँसु
त्यो निरिह पुकार र गहिरो प्रश्न
त्यो अशक्त ओठ र थामिएको अधुरो कथा

हे… धर्तिमाता !!!!
तिमी के भन्छौ..??? म त भन्छु…..

यो….निर्दयी संसार र मानवता हराएको शहर
उनको सानो संसार र त्यसमा अनगिन्ति माया र रहर..

Scroll to Top