
-कोपिला कुमारी तिमल्सीना
मेरो प्यारो ममी, बाबा
मिठो सम्झना, अनि धेरै धेरै माया
मितिः २०८२ चैत्र .१५.गते
म यँहा आरामै छुु आशा छ त्यहाँ पनि तपाईहरु भगवानको कृपाले आराम हुनुुहुुन्छ होला । आज म तपाईहरुको लागि एउटा पत्र लेख्दैछु । आज मेरो मनमा धेरै कुुराहरु खेलेको छ । हुनत मेरो तपाईहरुसंग सधैजसो भेट भइरहन्छ तर पनि शरीर नजिक भएपनि मन भने टाढा भएको महसुुस हुुन्छ । त्यसैले यो पत्रमार्फत हाम्रो सधै शरीर नजिक भएजस्तै मन पनि नजिक होस भन्ने चाहान्छु। त्यसैले म यो पत्र मेरो ममीबाबालाई लेख्दैछु।
मेरो प्यारो ममी मलाई कति दुखकष्ट सहेर ९ महिना गर्भमा राखि मृत्युसंग लडेर दुुख गरेर जन्माउनुुभयो , अनि मेरो प्यारो बाबा हजुुरले मलाई कति धेरै दुुख सहेर मलाई सुुख दिन दिनरात मेहनत गरीरहनुुभएको छ । अनि मेरो आवश्यकताहरु हजुरहरुले पुरा गरीरहनुु भएको छ । यति धेरै मेरो लागि योगदान गरीरहनुुभएको छ । हजुुरहरुको सन्तान भएको नाताले म तपाईहरुप्रति रिणी छु । तर पनि कहिलेकाही मेरो मनमा पनि विभिन्न कुुराहरु खेल्ने गर्दछन । हाम्रो घरमा सधै हजुरहरुको झगडा परिरहन्छ, बाबाले रक्सी खाएर आएर ममीलाई सधै पिटनुुहुुन्छ, जसले गर्दा म राम्ररी पढाईमा पनि ध्यान दिन सकिरहेको छैन, मलाई म एक्लै घरमा बस्दा पनि मनमा डर लागिरहेको जस्तो हुन्छ किनकी कतैबाट बाबा आएर मलाई पिटने होकी, कति बसीरहेकी काम गर्नुुपर्दैन भनेर ममीले कतैबाट आएर ममीले गाली गर्नुुहुुन्छकी जस्तो लाग्छ, त्यतिमात्र होइन, फुुटबल खेल्न छोटो लुुगा लगाएर जाँदा, कहिलेकाही घर बाहिर साथीको घर जाँदा वा कतै घुम्न जाँदा, गाउँको व्यक्तिहरुले कति उत्ताउली भनेर कुुरा काटनुुहुुन्छ । बाटोमा हिडदा केटाहरुले जिस्काउछन, स्कुलमा पनि कोही कोही सरहरुले त मलाई कस्तो नराम्रोसंग शरीरमा छुनुु हुुन्छ, पिटनुु हुुन्छ, यस्तो व्यवहारले मलाई नराम्रो लागेर घरमा आएर यो सबै कुुरा हजुुरहरुलाई सुुनाउन चाहान्छु तर मेरो कुुरा कसैले पनि सुुन्नुहुुन्न यदि सुुनिहाल्नुुभयो भने मलाई नै उल्टै गाली गर्दै भन्न थाल्नुुहुुन्छ, त उत्ताउली भएर पिटेको हो, त उत्ताउली भएर जिस्काएको हो, त नै त्यस्तै भएर नराम्रो गरेको हो । भन्दै मलाई नै दोष दिन थाल्नुुहुुन्छ । अनि म माथि भएको यस्तो नरामे कुराहरु तपाईहरुलाई भन्न सकिरहेको हुदिन । एकदिनको कुुरा हो म सुतिरहेको थिए, बिहान बिहान कुुखुुरी का गर्दै थियो यत्तिकैमा ममी हजुरको आवाज आयो, यति अबेर सम्म सुुत्ने हो, छोरी मान्छे अर्काको घर जाने जात, बिहान चाडै उठनुु, घर कसेर लगाउनु, भात पकाउनुु, अनि भाइलाई स्कुल जान तयार गर्नु अनि त पनि जानुु भन्नुुभयो । मेरो आँखा खुलिरहेको थिएन । पुुन त्यहि शब्द कानमा गुुन्जियो । अनि मेरो आँखा खुुल्यो, अनि म बिस्तारै उठे ममी हजुरले जे भन्नुुभएको थियो सोही अनुुसार काम गर्न थाले । अनि हजुुर ९ बजे घाँस लिएर आइपुुग्नुुभयो । मैले खाना बनाइसकेको थिए । अनि मलाई सोध्नुुभयो भाई खोइ त । अनि मैले भने भाइ त उठेकै छैन । अनि हजुुरले मलाई गाली गर्दै यतिबेला सम्म के हेरेर बसेको भाईलाई उठाउन पर्दैन, खाना खान दिनुु पर्दैन भन्नुुभयो । बिहान देखिको हजुरको म प्रतिको बोलि व्यवहार, बिहान देखिको कामले म रुन थाले । अनि भाईलाई खाना खुुवाएर स्कुल पठाउनुुभयो । अनि मलाई मनमा धेरै कुुराहरु खेल्न थाल्यो । के साँच्चै छोरी भएर जन्मन्नु पाप हो, बोझ हो, परिवारको लागि अभिसाप हो । यदि हो भने किन जन्म दियौ भगवान, म भगवानलाई पुकार गर्दै रुन थाले । अनि मनमा सोच्दै पनि थिए । यदि यस्तै हो भने मेरो बाँच्नुको कुुनै अर्थ छैन भन्दै म डोरी लिएर आत्महत्या गर्न खेतमा गए, तर मलाई कसैले त्यहा बचाएर घर ल्याउनुुभयो । त्यसपछि पनि मलाई मेरो हालखबर कसैले पनि सोध्न खोजेनन, मलाई बुुझ्न चाहेनन, मेरो मनमा के चलिरहेको छ भन्ने कुुरा कसैले सोधेनन, बरु फेरी पनि मलाई सबैले गाली गर्न थाल्नुुभयो । अनि मलाई बिस्तारै पढन मन लाग्न छोड्यो, मनमा अनेक किसिमको तनावहरु हुन थाल्यो, दिमागमा मलाई आत्महत्याको मात्र सोच आउन थाल्यो , सबैजनासंग रिस उठने, मेरो कोहीपनि आफ्नो मान्छे छैनन, मेरो कुरा सुनिदिने अनि बुझिदिने कोही छैनन, भन्ने मनमा लागिरहनु थाल्यो । ज्वरो आउने, पेट दुुख्ने बिरामी परिरहन थाले, अनि म बिस्तारै कोही पनि मेरो छेउमा नपरुन जस्तो लाग्न थाल्यो । म एक्लै हिडने, एक्लै बस्ने, एक्लै खाने, कोही बोल्दा पनि झर्को लागेको जस्तो हुने, मलाई कसैले पनि माया गर्दैनन भन्ने बिचारहरु मनमा आइरहने गर्न थाल्यो । एकदिनको कुुरा हो म मोबाइल चलाएर बसेको थिए । एकजना केटाले प्रेमको प्रस्ताव राख्यो, अनि मैले त्यो दिन म्यासेज हेरे केही उत्तर दिन खोजिन, फेरी भोलिपल्ट पनि म्यासेज गर्र्यौ मैेले केही पनि जवाफ दिइन , अनि उसले म तिमिलाई माया गर्छुु, म तिमि बिना बाँच्न सक्दिन भन्न थाल्यो । मैले सोचे आजसम्म त मलाई माया गर्ने मान्छे त कोही पाएको छैन, मलाई यति धेरै मरिहत्ते गरेर माया गर्ने मान्छेपनि त रहेछ भन्ने सोच आएको छ । तर थाहा छैन ममीबाबा हजुरको छोरीले यो सही सोच्दैछ वा गलत गर्दैछ । मेरो मनमा किन यति धेरै कुरा खेलिरहेको छ , मैले बुुझन सकेको छैन । आजकल मेरो मनमा धेरै कुुराहरु खेल्न थालेको छ, मलाई माया गर्ने कोही छैन, म एक्लै छुु, मेरो मनको कुुराहरु सुुनिदिने कोही छैन, म किन जन्मेका होला, बरु म मर्न पाए हुुन्थ्यो, छोरी भएर जन्मदा कति धेरै भेदभाव हुने रहेछ, के छोरी मान्छेको केही लक्ष्य हुदैन , सपना हुदैन, उदाहरणीय काम गर्न सक्दैन र यस्तै यस्तै प्रश्नहरु आउन मनमा आउन थालेको छ । प्लिज बाबाममी मलाई गाली नगरीकन सही के हो , गलत के हो सम्झाउनुुहोस न ल ।
उहि तपाईको छोरी
………………..

