
-अप्सरा देबकोटा
म अप्सरा देबकोटा, हाल बालकोट भक्तपुर मा बस्छु | म मेरो श्रीमान दुइओटा छोराहरु गरेर चार जनाको परिवार रहेको छ | ठुलो छोरो दस वर्षको भयो भने कान्छो छोरो पाँच बर्सको छ | म अहिले गृहिणी छु साथै एउटा असल आमाको भूमिका निभाइरहेको छु |
मलाइ गाउन र नाच्न एकदमै मनलाग्छ | गित सङ्गीत भनेपछि हुरुक्कै हुन्छु | आज मालाई सानो बेलाको भनौ या स्कुल पढ्दा सङ्गीतसँग को लगाबको केहि कुरा भन्न मन लाग्यो |
म अहिले ३७ वर्षको भए | आजभन्दा करिब ३२ वर्ष अगाडिको कुरा हो, मलाइ मेरो ठुलो फुपुको माइलो छोरो राजु भन्दाईले श्री जन जाग्रिती माध्यमिक विद्यालय स्कुलमा गएर भर्ना गरेको याद छ | जुन रौतहट जिल्लाको सिन्दुरेघारी मा पर्छ | कक्षा एक, दुई, तिन, चार, पाँच गर्दै ६ मा पुगेपछि स्कुलमा ठुलो जिल्ला स्तरीय नृत्य प्रतियोगिता हूने भयो, जसका लागि नाच्ने बिद्यार्थी चाहिने भयो |तेतिबेला म कसरि छनौट भय त्यो त मलाई थाहा भएन, तर म छनौट चाहिँ भय | मैले घरमा ममी बाबालाई पनि सुनाए धेरै नै खुसि हुनुभयो | तेतिबेला केटीलाई पनि केटा बनाएर नचाउने चलन थियो | त्यो प्रोग्रामको लागि म पनि केटा बनेर नाच्ने भय | केटीमा भगवती न्यौपाने थिइन् |उनिपनी राम्रो नाच्थिन | सफला दिदीले गाउने हुनुभयो | हामीले नृत्य पनि सिकेउ | अब कार्यक्रम हूने दिन आयो| भगबती गुन्यु चोली पटुकी लाएर राम्री भइन, तेसैगरी म पनि दौरा सुरुवात स्टकोट ढाका टोपी लाएर प्रस्तुति दिनको लागि तयार भए | पुरै नेपालि ठिटो नै देखिएको थियो मलाई | जिल्लाको लगभग सबै स्कुलको सहभागी रहेको थियो | हाम्रो पालो चौथोमा थियो | स्टेज एकदम राम्रो थियो, स्टेज अगाडी टन्न दर्सनहरु हुनुन्थ्यो जो हामीलाई हेर्न आउनुभएको थियो | हामि स्टेज मा चढेउ तर मलाई अलिकति पनि डर भन्ने भएन | बाजा बजाउँन सुरुभयो हामि ताल मा ताल मिलाएर नाच्न लागेउ | तेसपछि गीतको बोल सुरु भयो, गीतको बोल थियो ” लालिगुराँस लालिगुराँस हेरन आज यँहा लालिगुराँस ” आहा त्यो समय त्यो पल सम्झिदा अहिले पनि आखाँमा झल्झली झल्किन्छ |सबैजानाको पालो आयो सक्कियो, अन्तिममा निर्णयको पालो आयो | निर्णायकज्युहरुले निर्णय सुनाउनुभयो जसमा हामि प्रथम स्थान हासिल गर्न सफल भयौ | तेतिबेला खुसीको सिमानै रहेन | धेरैओटा स्कुललाई जित्न सफल भयौ |
फेरी बागमती स्कुलमा गाउने प्रतियोगिता भयो | त्यसको लागि पनि तयारि गरियो | प्रस्तुति दिन गयौ | त्यहाबाट पनि प्रथम भएर आयौ |
पढ्नमा भन्दा गाउन र नाच्न पो ध्यान जान थाल्यो त, पढाई पनि राम्रो नै थियो,तर पनि नाच्न र गाउन पाएपछि केहिपनि नचाहिने | शुक्रबार आउनै हुन्नथ्यो सुरुमा आफै उठेर सर आज त शुक्रबार हो भन्थे आफै गाउन पाइन्छ भनेर, गोपाल सर हुनुन्थ्यो जो जनसङ्ख्या बिषय पढाउनु हुन्थ्यो, हामीलाई अरु सर भन्दा उहालाई भन्न सहज लाग्थ्यो अनि उहाको क्लास मा प्राय शुक्रबार गीतहरु गाउने गर्थेउ |
त्यसपछि फेरि सात कक्षामा हुदा गौरमा त्यस्तै जिल्ला स्तरीय प्रतियोगिता हुने भयो। जुन कुरा सरहरूलाई पनि थाहा भयो स्कुलमा | त्यतिबेला बलराम सर हेड मास्टर हुनुहुन्थ्यो। हामीले सरसँग कुरा राख्यौ सर हामी यो प्रतियोगितामा जानुपर्यो भनेर, सर त्यसको लागि गीत नृत्य सिक्नुपर्यो भनेर भन्यौ | तर सरले हामीलाई अनुमति दिनुभएन। नराम्रो लाग्यो खै किन हो दिनुभएन त्यो त थाहा भएन, सरले अनुमति नदिए पनि हामी चार पाँचजनाको टोली बनाएर प्रतियोगिताको लागि गयौ, जहाँ गायन नृत्य अनि म्युजिक तीनवटा कुराको प्रतियोगिता थियो। हामी गायनमा प्रथम नृत्यमा दोस्रो र संगीतमा पनि दोस्रो भयौं। अब एस्तो खुसीको कुरा सरलाई नसुनाई त काँहा भयो र, हामि गौरबाट फर्किदा डुमारियामा झर्नुपर्ने सरलाई सुनाउनको लागि सन्तपुर झरेउ | सन्तपुरबाट अल्टोकी हुदै घर जाने कुरा भयो | मलाई याद छ, त्यतिबेला बत्ति धेरैनै काटिन्थ्यो | अँधेरो बाटो थियो, अलिअलि रिमरिम उज्यालो थियो | सरलाई सुनाउनकै लागि भएपनि हामि सरको घरको बाटो गएका थियौ | नभन्दै सरलाई सरकै घरको अगाडी बाटोमा भेट भयो | मलाई अहिले पनि त्यो पल एकदम ताजा छ, सरलाई मैले भने, ” सर हजुरले हामीलाई नजा भन्नुभएको होइन। हेर्नु भनेर पुरस्कार देखाए,” अनि भने नृत्यमा दोस्रो गाउनमा पहिलो र संगीतमा नि दोस्रो भएर आयौ भनेर भने, त्यसपछि सर यति धेरै खुसी हुनुभयो के कुरै नगरौँ। “ल धेरै धेरै बधाई छ स्याबास ” भनेर हात टाउकोमा राखिदिनुभयो।
हामीले अगाडिदेखि नै माग गरिरहेका थियौँ। बाजा किन्नको लागि त्यसपछि त्यो माग पनि पूरा गरिदिनु भयो। स्कुलमा बाजागाजा हार्मोनियम मादल सबै कुरा आयो। हामी धेरै नै खुसी भयौँ।
त्यतिबेलाको जोश जाँगर आँट नै अर्को हुने रहेछ। अब फेरि त्यो आफ्नो इच्छालाई अगाडि ल्याउन मन छ ल्याउन प्रयास गरिरहेकी छु र ल्याउँछु पनि।
अझै पनि धेरै दिदि बहिनिहरु आफ्नो सपना लाई पुरा गर्न सकिदैन भनेर हार मानेर बस्नुभएको छ, अब उमेर गयो अब केइ गर्न सकिदैन भनेर बस्नुभएको देखिन्छ,सबै व्यक्तिमा या भनौँ महिलामा केही न केही इच्छा हुन्छ। त्यो इच्छालाई कुनै समयमा कुनै परिस्थितिले रोक्ला तर हामीले आफ्नो इच्छाशक्तिलाई मार्न हुन्न र मर्न पनि दिनुहुन्न। त्यो जोश त्यो हिम्मत लाई जसरि पनि आट गरेर आफ्नो सपनालाई पुरा गर्नु जरुरि छ|

