बिनिशा चेपाङ

म घरकी एक्ली छोरी
सायद यही कारणले होला छुट्टै जिम्मेवारीको भारीले मेरो काँधलाई उठ्नै नसक्ने गरि थिचिएको छ ।
हरेक बिहान ६ बजे एउटा अनौठो कर्तव्यवोधले नै मलाई उठाइदिन्थ्यो । आज पनि ६ बज्दै गर्दा जुरुक्क उठें धारामा गएर, अजुलीभरी पानी लिई मुखमा छ्याप्प छ्यापें र आफ्नो नित्यकर्म सकें ।
छिटोछिटो खाजा खान्थेँ ,अनि ९ बजे स्कुल जान्थेँ। घरबाट स्कुल आधा घण्टा जत्ति टाढा थियो, तर त्यो बाटो मेरो लागि धेरै ठूलो संसार जस्तै त्यहि बाटोमा म बढेँ, सिकेँ, र हरेक हदन नयााँ सपना बोकेर हिडेँ ।
२०६९ साल ।
१६ वर्षकी म ।
एस.एल. सि.को रिजल्टको दिन अझै पनि मेरो स्मृतिमा झल्झलि छ । गाँउभर हल्लीखल्ल, सिम्बोल नम्बर लिएर सबै मिडियामा लाइन लागेका । मसँग त सामान्य फोन मात्रै बटन वाला मोवाइल । मनभरिको डर लुकाउँदै म आफूभन्दा अगाडि अरूको नम्बर हानिदिन्थें । “म त पक्कै फेल भएकी होला..” भन्ने आवाज भित्रैदेखि तर्साइरहन्थ्यो ।
जब मेरो सिम्बोल नम्बर हानियो, मेरा कानमा परेको पहिलो शब्द “बधाई छ, सेकेन्ड डिभिजन ।”
म झसँग उठें । मुटुको धढ्कन अचानक नाँच्न थाल्या े। म खुशीले उफ्रिए र बुबालाई अङगाले , खुशी त कहिलेकाँहि एक किसिमको आँधि झैँ आँउदो रहेछ ।
रिजल्ट आएको एक हप्ता नबित्दै कलेज जाने दिनहरू सुरु भए । २०६० कार्तिक २२ गतेबाट म
कलजे जाने भए । बिहान ५ बजे आँध्यारोमै टर्च निकालेर म बाटो लाग्थेँ, कलज पुग्न् झन्डै एक घण्टा जत्ति
लाग्ँथ्यो । पहिलो दीन मै ढिलो पुगेको भन्दै सरले २० पटक उठबस वा गीत गाउन पर्ने नियम सुनाउनुभयो ।
मैले गीत छानेँ । जति डर भए पनि आवाज भने कााँपेन ।
त्यो दीन मैलै महसुस गरेँ, गीतसँग मेरो आत्मा धेरै नजिक छ ।
एकजना सरको विदाईको कार्यक्रम आइपुग्यो । म्यामले कसैले गीत लेख्न सक्छौ ? भनेर सोध्नुभयो, र सबैको नजरमा एकैचोटि ममै अडियो—म “रमिलाले लेख्छ । ” मैले एकैछिनमा शब्द बुनेँ, मनबाटै । विदाईको हलभरिको भिड अघि म उँभिँदा मुटु त धड्किनै थामिन्थ्यो , तर गीत भने बग्यो —
“विदाईको क्षण नमिठो हुन्छ…”
र त्यही दिबाट १० कक्षामा पढ्ने एक जना केटाले मलाई चुपचाप मन पराउन थालेको मलाई पछि
मात्र थाहा भयो ।
एक दिनको कुरा
विहान करिब ११ बजेको थियो, म कलेजबाट घर फर्किँदै थिएँ । भोक लागेर बाटोमै एक प्याकेट चाउचाउ किनेर खाएँँ र आफ्नै दुनियााँमा बगिरहेकी थिएँ,बाटोमा चारजना केटाहरू बसेको देखेँ,् र म नजरअन्दाज गरेर हिँडेँ ।
एकजनाले “ सुन्नुस न, एउटा काम छ” भनेर बोलायो मैले सुने पनि नसुने झैँ जस्तो गरेँ, तर उनीहरूले मेरो बाटो छेके, म रिसाएाँ, “किन बाटो रोक्नु भएकोे ?”
उनिहरूले केही बहाना गर,े तर म त्यस्तो कुरामा नबोलिने मान्छे । “म चिन्दिन तपाईंहरूलाई , बाटो
छोड्नुस,” भन्दै म हिँड्दै गएँ । उनीहरू भने पछि नै लागे ।
पछि एउटा खोल्सामाथि लाग्ने झोलुङगे जस्तै कच्चि बाटो आयो । चप्पल लगाएर हिँड्नै मुश्किल—म चिप्पिलएँ र चप्पल खोलामा खस्यो ।
“ए ! मेरो चप्पल त बग्यो !” भनेर म आत्तिँदै कराएाँ ।
अचानक ती केटामध्ये एकजना दौडिँदै खोलातिर पस्यो । र, मेरो चप्पल निकालिदियो ।
त्यो देखेर म एकछिन निःशब्द भएँ ।
त्यही केटा
त्यही चप्पल तान्ने मान्छे
त्यो दिनदेखि मलाई मन पराउन थालेको रहेछ । मेरो कथा अझै पनि त्यही खोलामाथि उभिएको छ, अहिले पनि कहिलेकाही म सम्झन्छु ,एउटा चप्पल बगेको दिनले कसरी मेरा जीवनको नयाँ मोड ल्याएको थियो ।
उसले खोलाबाट चप्पल तानेर हतामा राखिदिँदा म केही बेर त अचम्मले नै उभिरहेँ । “धन्यवाद …” मात्र निस्कियो ।
उसले हल्का हाँसेर भन्यो , “ धन्यवाद पर्दैन । भन्छन नि, कसैलाई साथ दिन पाउनु पनि सेवा नै हो ।
”
म कुनै जवाफ दिन सकिन । मनमा भएको लाज र अचम्म दुबैले म छिटोछिटो अघि बढेँ । बाटैमा मेरो गाउँकी आन्टी भेटिनुभयो । उहाँसँग दुई–चार कुरा गर्दै म घर पुगेँ ।
भान्सामा खोज्दा खाने कुरा केही थिएन । माटोको चुलो, सुकेको दाउरा, अनि कुनोमा अलिकत् िपीठो । भोक त भोक नै थियो । त्यसैले दाउरा बाालें, पीठो मुछें, रोटी पकाएँ । बारीबाट रायोको साग टिपेर ल्याएँ । र पकाएँ । रोटी खाएपछी म लुगाधुन गएँ । गाउँमा त धारा कहाँ…फेिर खोलासम्म कपडा धुन जानै पथ्र्यो ।
कपडा धुँदै थिएँ,
अचानक त्यही चारजना केटाहरू फेरि खोलाकै छेउमा देखा परे । म झस्किएँ । “किन पछि लागेको ?”भन्ने डर मनभरी आयो । मैले छिटोछिटो कपडा धोएर उठेँ ।
तीमध्ये एकले भने, “हामी हजुरको घरतिरै जान्छौ”
मैलै भने, “हाम्रो घरमा कोही छैन, नआउनुस । बाबाले मन पराउनुहुन्न ।” त्यो भन्दै म हतार हतार घर फर्किएँ । कपडा सुकाएँ अनि केही क्षण ओछ्यानमा बसें । पाँच बजिसकेको थियो ।
भाउजु खेतबाट मल बोकेर आउनुभएको थियो । दाउरा बालेर आगाो सल्काउन नै गााह्रो भयो । गहुँको पीठो सकिएको रहेछ यसैले मकैको पीठाबाट रोटी बनाए । मकैको रोटी त बनाउन गाह्रो हुन्छ, तर बनाउनै पर्छ ।
प्लास्टिक काटेर पात बनाएाँ त्यसैमा बेल्दै रोटी पकाएँ ।
करेलाको तरकारी बनााएँ ।
रोटी पकाउँदा पकाउँदै आँध्यारो पर्न लाग्यो । हल्का विश्राम गर्न नपाउँदै घरअगाडिको गाउँकै एक दाई आउनुभयो ा दाईलाई “काका” भन्थे ।
उनले भने, “काका, अब त बहिनी पनि ठूली भई । बिहे गरिदिनुपर्यो ।”
म एकछिन स्तब्ध भएँ । बाबाल तुुरुन्तै भने , “अहिले हैन । मेरी छोरी पढ्छ । उसको पढाइ
बिगारिदिन्नँ ।” त्यो सुन्दा मेरो मन नरम भएर आयो । तर त्यसैबिचच थाहा पाएँ । मसँग चप्पल बगाउँदा खोलामा झरेर ल्याइदिने त्यो केटा…उही दाइकै मितको छोरो रहेछ । दाइले धेरै कुरा गर्नुभएन ।
तर बाबाले भनेको वाक्य घनघन बजिरह्यो “मेरो छोरी पढ्छ ।”
तर त्यो आश्वासन धेरै समय टिकेन । झन् झरेर आयो त्यो दिन २०६९÷०७÷१९ बाबालाई अचानक
बिरामीले समात्यो , र केही दिनमै… हाम्रो घर, हाम्रो जगत् ,हाम्रो आधार सबै टुटेर भूइँमा खस्यो । गाउँमा स्वास्थ््य सेवा कहिल्यै नपग्ने्े ठाउँ । दवाइ पनि नपाइने । बाबालाई सम्हाल्न त म के गर्न सक्थेँ र? त्यो रात म रोएँ । मेरा रहर,बाबाको सपना, हाम्रो घरको भविष्य सबै बाबाकै साससँग हराउँदै गयो ।
गाउाँमा अस्पताल टाढा थियो । गाडि पनि पाइँदैनथ्यो । हामीले मान्छे खोज्यौँ कसैले बुबालाई बोकेर लैजाओस् भनेर । तर खोज्दै खोज्दै , बुबाले त हामीलाई छोडिसक्न ुभइसकेछ भन्ने खबर आयो ।
म घरभित्र दौडिएर पुगेँ । ..“ बाबा ” मेरो आवजनै निस्किएन । बुबाको हात समाएँ र बोलाएँ तर बुबा सुन्ने अवस्थामा अब थिएनन् । के गर्ने थाहा नपाएर म हतार हतार धामि दाइको घरतिर लागेँ ।
“दाइ, मेरो बाबा बोल्दैनन् … एकछिन आउनुस “ दाइ मेरो पछिपछि लाग्नुभयो । घर पुगेर उहाँले आफैँ
दुखि हुदै भन्नुभयो, “काका अब हुनुहुन्न् । तिमीले दाइलाई फोन गर । समय छ, काम आजै गर्नु पर्छ ।”
त्यो सुन्दा मलाई मसँगक बल ने खस्किएको जस्तो भयो ।
मानिसहरू भन्दै थिए “ आफूलाई सम्हाल । अब अरू काम त गर्नुपर्छ पर्छ ।” तर म आफैँलाई सम्हाल्न
सकिनँ ।
बुबाको बाकस खोल्नुपर्यो । त्यो बाकसबाहिर ल्याउँदा खेरि मन एकदमै भारी थियो । भित्र बुबाले आँफै राखेर छोडेको पिताम्बर, सेतो कपडा, अनि गाउँमा चलिआएको चलनअनुसारको बस्त्र रहेछ ।
मलाई सम्झना आयो बुबाले एकपटक भनेका थिए,
“छोरी, मैले त सब तयारी गरेर राखेको छु ।
मरेपछि अरूलाई किनारा नओस भनेर ।
त्यो सुन्दा सानै उमेरमा पनि म अचम्म परेकी थिएँ ।
तर आवाज ठ्याक्कै त्यही कुरा मनभर घुमेर आयो ।
बुबाले आफैँका लागि कपडा राख्नु भएको रहेछ ।
दाइहरूले पनि भने “काकाले सब तयाार राख्नुभएको रहेछ, अब यही राखौँ । ”
गाउँमा पुरानो मान्यता थियो छोरीले आगो दिन मिल्दैन तर बुबाले पूवैदिन भनेका थिए, “म
मरेपछि तिमी नै जलाउनु ।” मलाई त् यो सम्झना मनभरी बजिरह्यो । सबै रोइरहेका थिए । सबैको नजर ममाथि थियो । म कमजोर थिएँ, तर मनभित्र यो सोच चलिरहेको थियो, “आज बुबाको अन्तिम इच्छा पुर्याेउनुपर्छ ।”
आगो दन्किन थाल्यो । त्यो क्षण म अत्यन्त कमजोर भएकी थिएँ । मनमा एकछिन यस्तो पनि सोच
आयो,
“अब मेरो लागि कोही छैन… म कसरी बाँचु?”
तर त्यो सोच मभित्र टिक्न पाएन । किनकी दाइ, भतिजा, भाञ्जाले मलाई समातेर टाढा लगेँ,“हेर,तिमीलाई सम्हाल्नै पर्छ । बुबाकमे मान राख्नु पर्छ ।”
सबैले भने,“अब नुहाएर, सफा भइकन, घर जाऊ । तिमी बलियो बन्नुपर्छ ।” मैले आाँसु पुछेर, कपडा फेरेँ । घर आइपुिगपछि पनि मलाई बाबा आइरहनुहुन्छ जस्तो लागिरहन्थ्यो । आफ्नै हातले आगो दिएर अन्तिम संस्कार गरेको सम्झँदा मन भारी हुन्थ्यो, जसको माया लिएर म हुर्किएँ, त्यहि मानिसलाई मैले आफ्नै हातले आगो दिएकी थिएँ । भन्ने कुरा स्विीकार्न गाह्रो थियो ।
त्यस दिनदेखी घरभित्र पस्न पनि मन लाग्दैन्थ्यो । खान मनले मान्दैनथ्यो । आगोको सम्झनाले मनको हरेक कुनामा चसक्क घोच््थ्यो ।
बबाको सिद्दी भएको दिन सबै आफन्तहरु आए । बेनका पक्षबाट पनि धेरै जना आएर भेटे सबैको अनुहार दुिःख, तर शब्दहरू सान्त्वनाले भरिएका । त्यही भीडभाडमा केही नयाँ मान्छे पनि आए, पछि थाहा भया,े उनीहरू विवाहको कुरा गर्न आएका रहेछन् । खाना खाएर उनीहरू गए ।
बाबा बितेको तीन दीनपछि काकाले मलाई भने, “अब पढाइ नछोड,तेरो भविष्य तैँले बनाउनु पर्छ”। बाबाले चाहेझैँ, मैले पनि आफ्नो मनभित्रको दुःख चुपचाप सहदै पढाइमा ध्यान दिन थालेँ ।
२०७० साल पुस ६ गतेदेखी वि.वि बोर्ड को परीक्षा थियो । परीक्षा दिन हिँड्न एकदिनभर यात्रा गर्नुपथ्र्यो ।
पुस ५ गते बिहानै घरबाट निस्के मात्रै फुपुको घर पुगेंर बसेँ । पाँचै दिन परीक्षा दिएर फुपुकैघरमा बसेँ ।
पुस १० गते घर फकिँदै थिए । त्यो बिचमा विवाहको कुरा गर्ने केटाहरू तर्खर गर्दै थिए, कसैले फकाएर लान्छु, कसैले नमान्दा जबर्जस्ति गर्छु भन्ने योजना बनाएका थिए रे ! तर म आफ्नै बाटोमा, आफ्नै सुरमा हिँडिरहेकी थिएँ ।
म बाटोमा हिँड्दै गर्दा उनीहरू अचानक देखा परे ।
एक जनाको अङ्कलले भने, “बहिनी, एकछिन बस कुरा छ ।”
म अचम्ममा परे, के कुरा ?
मैले भने, “म घर जान्छु ,ढिलो हुन्छ ।” उनीहरूले बाटो रोके, त्यसपछि एकछिनमै कुरा बदलियो । उनै अङ्कलले भने, “मेरो दाइको छोराले तिमिलाई पाएन भने मदिन्छु भन्छ । आज घर नजाऊ,नेपालगञ्ज जाऊँ, मन्दिरमा बिहे गर । पढ्छु भने पढाउँछ” उनको आवाज ‘धम्की ’ र ‘अनुरोध’ दुबै जस्तो लाग्थ्यो ।
म तर्सिएँ । मैले भने, “मैले भने यस्तो कुरा नगर्नुहोस्, मलाई जान दिन दिनुस् ।” उनीहरूले भने, “डर मान्नु
पदैन, हामी छौँ ।
”
कसरी फुत्केर घर जाने भन्ने सोच्दै थिएँ । ठीक त्यही बेला हाम्रो गाउँभन्दा परको गाउँकी दिदी आइपुग्नुभयो । मैले दिदीलाई भने, “दिदीसँगै जाऊँ न ।” दिदीले भने, “अँ जाऔँ । बेलुका नै घर पुग्नु पर्छ ।” त्यसपछि म दिदीसँगै हिँडेँ ।
एक दिन
२०७० साल जेठ ११ गते ।
बिहान झिसमिसे समयमा, करिब ५ बजेतिर ,म उठेँ । एउटा जगमा पानी भरेर बाहिर आएँ र मुख धुन थालेँ ।
त्यसैबेला खेततिरबाट “स्यार –स्यार ” गरेको आवाज सुनियो । उज्यालो राम्ररी भएको थिएन । म अचम्म मान्दै परतिर हेर्न गएँ । भाउजु खेतमा गहुँ काटिरहनु भएको रहेछ । मैले सोधेँ, “उज्यालो नै भएको छैन, किन काििटरहनुभएको ?”
भाउजुले मुस्कुराउँदै भन्नुभयो, “आज गुट्टे काटेर सकाउनै पर्यो । दिउँसोभरी गहुँ केलाएरसुकाउनु पर्छ । भोलि बिहान मकै छर्नु पर्छ । तिमी पनि आउनू है, गहुा काट्न ।” मैले भनेँ, “आउँछु नि भाउजु । मेरो परीक्षा पनि सकेको छ ,स्कुल जानु पनि छैन ।”
पानीको जग त्यही राखेर घरभित्र छिरेँ । पानीले राम्रोसँग मुख धोएँ , कोठामा गएँ । पौडि भित्र
मोबइल राखेको थिएँ , त्यो निकालेर खोलेँ । अनि हँिसया समातेर खेततिर हिँडेँ ।
भाउजुसँग बसेर गहुँ काट्दै , कुरा गर्दै बिहानैदेखख काम गरिरहेकी थिएँ । करिब ९बजेको रहेछ । गाउँ पनि ब्युझिmसकेको थियो । त्यसैको बीचमा भाउजुले भने,
“अब तिमी घर जााऊ, खाना पकाउन पर्यो । म त्यहाँ काटेर भ्याउँछु ।” “हुन्छ भाउजु,” भनेर म उठेँ ।
मैले काम गर्दै गरेको हँसिया त्यही खेतमा छोडेँ । मोबाइल हातमा लिएँ । घरतर्फ हिड्दै गर्दा मोबाइलमा एकाएक नयााँ नम्बरबाट कल आयो । मोबाइलमा आएको फोन मैले उठाएँ । त्यो दिउँसो फोन घण्टी बज्यो । अपरिचित पुरुषको आवाज आयो,“ को हो?”
उसले भन्यो , “म तिमा्रे दाइको साथी हुँ ,घरको छेउमै छु ।”
म उसलाई चिन्दिनथेँ । उसको आवाजले नै मेरो छातिमा अनौठो डर बसाल्यो ।
“म घरमै आउँदैछु,” उसले फेिर भन्यो । त्यतिबेला घरमा भाउजु मात्र हुनुहुन्थ्यो । मैले उहाँलाई भनेपछि भउजुले एकछिन रोकिएर बिस्तारै भनिन्, “बीस दिन भयो, हाम्रा एक जना आफन्तले तिमीलाई भेटेर कुरा गर्न चाहेको, तर तिमी अझै साना छ्यौ नानु, त्यति धेरै बोझ तिमलिे कसरी थेग्थ्यौ ?”
भाउजको आवाजले मलाई केही हद सम्म शान्त गरायो ।
तर रात ढलिसक्दा , ढोका ढकढक्याउने आवाजले त्यो शान्ति भङग भयो । ढोका खोले, बाहिर केही केटाहरूउभिएका थिएँ । म डराएर पछाडि हटेँ, तर उनीहरू भित्रै आए । घरमा भाउुज र म मात्र थियौँ । त्यही त्यहि क्षणबाट मेरो जीवन अकै दिशातिर मोडिएको थियो ।
मेरो इच्छा विपरीत उनीहरूले मलाई लिएर गए । त्यसपछि जे भयो म शब्दमा भन्न सक्दिन । तर त्यसले मेरो जीवनका सबै पाना बदलिदियो म कहिल्यै तयाार नभएकी बेलामा । मलाई विवाह गराइयो ।
त्यसपछि सुरु भयो घरधन्दा ,दाउरा, पानी, खेत, झगडा, चिच्याहट … मेरो पढ्ने सपना बिस्तारै नष्ट हुँदै गयो । दुई बच्चाहरू जन्मिए , अनि दिनहरू हिंसा र सहनशिलामा बित्न थाले । कहिलेकाहीँ यस्तो अन्धकार आउँथ्यो कि म आफैँ पनि हराएर जान्थेँ । तर छोराहरूको अनुहार सम्झँदा म आफैँलाई रोक्थेँ । किनकी आमा–विहीन बच्चाको पीडा म धेरै राम्रोसँग जान्थेँ ।
त्यसैले म भागेँ…सहर छिरेँ ..बाँच्नका लागि ।
सहरमा जीवन कडा थियो । काम कठोर, मान्छेहरू अझै कठोर, दबाब, अपमान,डर…मानौँ डर नै मेरो सबैभन्दा भरोसाको साथी बन्यो । तर जीवन कहिलेकाहीँ अनौठो मोडमा चम्कन्छ ।
एक दिन,
मैले छोरी भेटाएँ । त्यो भेटले मेरो मनभित्र एक प्रकाश ल्यायो । म महिला समूहमा जान थालेँ
सुझाब, अधिकार, सुरक्षा, आत्मसम्मान सिक्न थालेँ ।
बिस्तारै, म आफैँलाई फेरि उठाउन सिक्दै छु ।
