प्रकृति, महिनावारी र छोरी

मधु बोहोरा

खै किन छोरीले नै पीडा भोग्नु पर्ने,

खुशी प्राप्त गर्नका लागि भगवान्‌लाई ढोग्न पर्ने।

काटेपछि रगत शुद्ध हुन्छ भने,
महिनावारीमा बग्ने रगतचाहिँ किन अशुद्ध भन्ने?

त्यही नारीले जन्माएको छोरा छोरी राम्रो ठान्ने
अनि त्यही नारीको महिनावारी चाहिँ किन अछूत मन्ने


पेट दुखाई पाठेघरको अनि पीडा सहनै गाह्रो
पीडा सबै हाम्रो फेरि किन हेपाई यति सारो

छाउपडी र गोठमा बस्ने चलन कहिले हटेन
देश विकसित भयो तर बिकृति चाहि घटेन


पाउनुपर्ने अधिकार बाट वञ्चित नै हुन नारी
समस्या नै समस्या अगाडि बस्नु पर्ने हिम्मत हारी

छोरा छोरी दुवै बराबरै हुनु पर्यो
त्यस्तो अधिकार पनि सराबरै हुनु पर्यो अब भने नारी पनि केहीमा कमजोर छैनन्
बाहिरी संसारमा रमाउन पाउँदैछन्, घरमै सीमित रहेनन्

Scroll to Top