
–लक्ष्मी शाहि
हम्रो भविष्यको लागि सबैसँग लड्नु भयो, छोरीले पनि केही गर्छ भनेर देखाउनु भयो।
जहाँ मेरो कदर् भएन, त्यहीँ खुट्टा धोगी बसेँ,
बाँच्न धेरै गाह्रो भएर कहिले काहीँ त घाटी कसेँ।
सधैँभरि यसरी नै अघि बढ्ने छोरी तिमी,
सबैको पीडा हेर्ने लाग्छ मेरै आमा सरि तिमी।
छोरी संस्था जसको कारण जीवन भरिपूर्ण,
आधा–आधा लाग्थ्यो तर अब भयो सम्पूर्ण।
छुट्याउनु भएन जात, धर्म, पेशा, रूप रङ,
कहाँबाट आउँछ छोरी यस्तो कला तिमीसँग।
म जस्ता हजारौँ छोरीका उद्धार गर्नु भयो,
बाँच्ने साहस अनि जिउने आशा बन्नु भयो।
यहाँ छोटो पलमै धेरै खुसी पाएकी छु,
लाग्थ्यो कतै अटाउँदिन तर यही अटेकी छु।
हाम्रो अँध्यारो जीवनलाई रंगीन बनाउनु भयो,
हाम्रो लागि भगवान बनी यस धर्तीमा आउनु भयो।

