म एउटा कोपिलाः अनि मेरो सङ्घर्ष र पुनर्मिलनको कथा

बिनिता श्रेष्ठ

मेरो बाल्यकालका केही सुनौला यादहरू बाबाको काखसँगै हरायो । बाबा बित्नुभएपछि हाम्रो परिवारमा ठूलो बज्रपात आइपर्यो । हामी ४ दिदीबहिनी र २ दाइको जिम्मेवारी आमाको काँधमा आयो । म माइली छोरी, सायद परिस्थितिले नै होला, ८ वर्षको कलिलो उमेरमै काठमाडौँको बौद्धमा गलैँचा बुन्ने धागोसँग खेल्न पुगे । तर एकदिन भाग्यले अर्कै मोड लियो म बाहिर निस्कदा बाटो बिराएर हराएराको बेला मलाइ बालाजुको एउटा परिवारले आश्रय त दियो, तर मेरो बाल्यकाल र किशोरावस्था त्यहाँ ’काम’ र ’कर्तव्य’ को बीचमा पिसियो । मलाई मेरो परिवारको संस्कारको त्यो खुलापन र आमाको मायाको सट्टा मलाइ अर्काको घरको चौघेरा र कामको भारी मिल्यो । मेरो १२ कक्षासम्मको पढाइ त भयो, तर त्यसको बदलामा मैले वर्षौँसम्म बिना पारिश्रमिक पसिना बगाएँ । तर मेरो उपचार, शिक्षा र खानपानमा वहाहरुले कहिल्यै कमी गर्नुभएन मलाइ सम्झना छ एकपल्ट बेस्कन बिरामी भएर मृत्युको मुखमा पुगेको थिए त्यसबेला वहाहरुकै रेखदेखले गर्दा मैले नयाँ जिवन पाएको थिए । सानो उमेर भएकोले अलिकती चकचके स्वाभाव मेरो पनि थियो होला तर बहाहरुले मलाइ जुन संस्कार दिनुभयो त्यसले मलाइ अनुसासित बनाउन मद्दत गरयो । मलाइ राम्रो शिक्षा राम्रो खानपान र राम्रो संस्कार पाउदा पाउदै पनि मेरो मनको ंएउटा कुना सधै रित्तो हुन्थ्यो त्यो रित्तोपन आमाको मायाको थियो । जति सुख सुविधा भएपनि आमाको न्यानो काखको विकल्प केही हुन सक्दो रहेनछ । हरेक चाडबाड र बिरामी हँुदा आमाको सम्झनाले मुटु चस्काउ थियो ।
आज मेरो जीवनको यो मोडमा उभिएर पछाडि फर्किएर हेर्दा, सबैभन्द पहिले मलाइ शिक्षाको ज्योती दिने संस्थाको म्यामको ममतामयी अनुहार सम्झिन्छु । त्यो सिकाइ कक्षा, जहाँ बहाले मेरो हात समातेर पहिलो पटक नाम लेख्न “सुनखरी“ सिकाउनुभयो। ६ महिनाको सिकाइ कक्षा—जहाँ मैले अक्षर मात्र चिनिनँ, हराएको आत्मविश्वास पनि बिस्तारै बटुल्न थालेँ। त्यही जगले मलाई विद्यालयको ढोकासम्म पुर्यायो । संस्थाको म्यामले मेरो आधार यति बलियो बनाइदिनुभयो कि स्कुलमा सिधै कक्षा ४ मा भर्ना हुन सकेँ त्यो बेला बहाले देखाउनुभएको त्यो बाटो र दिनुभएको साथको ऋण म कहिल्यै तिर्न सक्दिनँ ।

साथै वहाले हराएकी सानी सुनखरीलाइ समाजमा उभिन सक्ने एउटा परिचय पनि दिनु भयो । बहाले सिकाउनुभएको हरेक अक्षर आज मेरो आत्मविश्वास बनेको छ । म आज जहाँ छु, जस्तो छु, त्यसमा वहाले कोरिदिएको त्यो पहिलो जगको ठूलो हात छ । बहा मेरो जीवनको सधैँ पहिलो र पूजनीय रहिरहनुहुनेछ ा
त्यसपछि सुरु भयो मेरो सङ्घर्षपूर्ण शैक्षिक यात्रा । घरको कामको चाङ हुन्थ्यो, तर मनमा पढ्ने भोक थियो। कहिल्यै फेल नभई, लगातार कक्षा १२ सम्मको यात्रा तय गर्दा कति रातहरू अनिदो नै बित्यो । स्कुल र कलेजका ती दिनहरूमा खुट्टा कहिल्यै भुईँमा भएनन्, सधैँ केही गर्ने दौडधुप मै हुन्थेँ । मेरो शैक्षिक यात्रामा अधि बढदै जादा जब कक्षा ८ मा पगे बिद्यालयले जन्मदर्ता माग्यो फर्मभर्नकोे लागी त्यती खेर पो थाहा भयो की परिवारको महत्व किनकी जन्मदर्ता बनाउन परिवार चाहिने रहेछ । मैले ८ बर्ष हुदा घर छाडेकोले मैले आफनो घरको ठेगाना ् बाबा ् आमाको, नाम समेत बिर्सी सकेको थिए । तर मलाइ यो समस्या बाट मेरो सिकाइ केन्द्रको सस्थाको म्यामले निकाल्नुभयो । बहाले नगरपालिकाको उपमेयरलाइ भेटेर के जन्मदर्ता भएन भने पढीरहेको बालिकाले पढाइ नै छाड्न पर्ने भन्ने कु्रागर्नु भएपछि मेरो कक्षा ८ को डि एल ए जाच दिने ब्यवस्था मिलाइयो । यसरी म पास भए् ९ कक्षा हुदै १० कक्षामा पुगे फेरी मेरो जन्मदर्तार्को ंसमस्या फर्म भर्ने बेलामा आइपरयो । अब त्यो समस्याले गर्दा मेरो शैक्षिक यात्राको पुर्णबिराम हुनथालोकी भने्र राती दिन मलाइ पिरोल्न थालो तर म हार मानीन मैले सिकाइ केद्रको म्यामलाइ भने वहाले मलाइ सम्झाउनु भयो सिकाइ केन्द्रमा पढन आउदा कतै आफनो बा आमाको नाम ् ठेगान लेखेको छ की कपी तीर सम्झनु भन्नु भयो मैल्ो पुराना् कपी खोजे अनि भेटे पनि अनि वहाले मेरो घर तीरको संधसस्था तीर बुझ्न थाल्नु भयो ् १५ दिनपछि पत्तालागो मेरो परिवार सगको े ११ वर्षपछिको त्यो पुनर्मिलन शब्दमा वर्णन गर्न सकिँदैन ।
म मा सिलाइकाटाइको शिप भएकोले बेला बेलामा टाउको लगाउने फुलहरु ,लुगाहरु सिलाउने गर्दथिए मेरो रुची फेसन डिजानर बन्ने थियो कक्षा १२ सकेपछि फेसन डिजानर गर्ने भन्ने सोच राखेर अगाडी बढदै थिए तर जिवनको एउटा मोडमा मैले केही यस्ता निर्यणहरु लिए । जसका कारणहरुले गर्दा म आफ्ना लक्ष्यका बाटाहरु भन्दा अलि टाढा पुगे तर म मा भएको शिप ,जागर,शिक्षा र संस्कार अझै जिवितै छ ।म त्यसलाइ मर्न दिदिन म आफ्नो जिवनमा फेरी एकपटक शिर ठाडो पारेर अधि बढेर आफ्नो लक्ष्य पुरा गर्ने छु आज मेरी छोरी ४ वर्षमा टेक्दै गर्दा, मेरी जन्म दिने आमाको मुहारमा देखिएको त्यो खुसीले मेरा विगतका सबै दुखहरू धोइदिएको छ । मेरो जन्मभुमीको त्यो धुलो र माटो मेरो छोरीको मुस्कानमा पाउँछु आज म आफ्नो माटोमा फर्के छु ।

Scroll to Top